Aamsanchar

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट

Author Image
सोमवार, असार २८, २०७८

काठमाडौं – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज विहान ९ः३० बजे आइपीओ बाँडफाँट भएको हो। यो आइपीओमा २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५ लाख ७४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन्। सर्वसाधारणबाट माग भन्दा ७३ दशमलव १० गुणा बढी आवेदन परेको जानकारी दिइएको छ। सेयर पाउन भाग्यकै भर पर्नुपर्नेछ।

मनकामना स्मार्टले असार १७ गतेदेखि १०० रुपैयाँ दरको कुल ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो। यसमध्ये ० दशमलव ५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१