Aamsanchar

माङ्सेबुङ गाउँपालीकाद्वारा कोरोनाबाट ज्यान गुमाएका परिवारलाई ३५ हजारका दरले राहत बितरण

Author Image
सोमवार, असार २८, २०७८

इलाम – जिल्लाको माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई ३५ हजारका दरले राहत उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारीको समूहले मृतकको घरघरमा पुगेर परिवारलाई राहत उपलब्ध गराएको हो।

गाउँपालिकाले कोरोनाबाट हालसम्म सदस्य गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको छ। मृतकका परिवारलाई अध्यक्ष इदिङ्गोले प्रतिपरिवार ३५ हजारका दरले २ लाख १० हजार रुपैयाँ उपलब्ध गराएको हो। कोरोनाबाट ज्यान गुमाएका माङसेबुङ ३ का बलकबहादुर लावती र कृष्णबहादुर लिम्बू, माङसेबुङ ५ का धनमाया साङपाङ राई, टेकबहादुर लावती र लक्षीहाङमा लावती एवम् माङसेबुङ ६ का मनराज राईको परिवारलाई राहत उपलब्ध गराएको हो।

माङसेबुङ गाउँपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन समितिको २५ असारको बैठकले गाउँपालिकाभित्र कोरोना संक्रमणबाट परिवार तथा सदस्य गुमाएको परिवारलाई राहतस्वरूप ३५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार घरघरमा नै पुगेर राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष इदिङ्गोले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१