Aamsanchar

नर्भिक हस्पिटलले आईपीओ निष्कासन गर्ने

Author Image
मङ्गलवार, असार २९, २०७८

काठमाडौं – नर्भिक इन्टरनेसनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रूपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई विस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण गरेको हो । योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज प्रालि’बाट रूपान्तरित भई ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमीटेड’ भएको छ ।

पब्लिक कम्पनीमा रूपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक (आईपीओ) समेत निष्कासन गर्ने भएको छ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्नेगरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१