Aamsanchar

कोरोना खोप खरिदका लागि अर्थमन्त्री शर्माद्वारा थप ५ अर्ब रकम निकासा

Author Image
बुधवार, असार ३०, २०७८

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैंया निकासा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली भए पछि पहिलो निर्णय गर्दै खोपका लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति प्रदान गरेका हुन् ।

मन्त्री शर्माले कोरोना महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित रहेको बताए । साथै उनले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्विकृति गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयले अर्थलाई पेश गरेको ३ वटा फाइल मन्त्री शर्माद्वारा सदर भएको छ । स्वास्थ्यले स्वास्थ्यकर्मीहरुको जोखिमभत्ता तथा आइसियु एचडियु थप्न थप रकम प्रस्ताव गरेको थियो ।

कोभिड – १९ जोखिम न्यूनिकरणका लागि अक्सिजन प्लान्ट, एचडीयू आइसियु तथा भेन्टिलेटर खरिदका लागि ९६ करोड १२ लाख रकमान्तर तथा ५२ करोड ४६ लाख प्रादेशिक र स्थानीय तहलाई वित्तिय हस्तान्तरण गर्न पनि सहमति मन्त्री शर्माले दिएका छन् । यस्तै कोभिड –१९ संक्रमितलाई निशुल्क उपचार सेवा उपलव्ध गराइ वापत् केन्द्रिय र प्रादेशिक अस्पतलाई ५६ करोड ४१ लख रकमान्तर र वित्तिय प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ३७ करोड २५ लाख सर्शत अनुदानको रुपमा हस्तान्तरण गर्न पनि अर्थमन्त्री शर्माले सहमति प्रदान गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले चैतसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने निर्णय गरेको थियो । यस्तै हिजै बसेको बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई ७ दिनभित्र जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो । यसअघिको सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिमभत्ता दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर