Aamsanchar

ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संसदमा पेश गर्ने ,आर्थिक श्वेतपत्र जारी गरिने

Author Image
शुक्रवार, साउन १, २०७८

काठमाडौं-केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको बजेट शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले संसदमा पेश गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पत्रकारहरुसँगको छलफलमा ३ गते संसद् बैठकमा अध्यादेश पेश गर्ने बताए ।

“३ गतेको प्रतिनिधिसभा बैठकमा बजेट सम्बन्धि अध्यादेश पेश हुन्छ,” अर्थभमन्त्री शर्माले भने, “उक्त अध्यादेश पारित गर्ने नगर्ने अधिकार संसद्को हो ।” अध्यादेश ल्याउने एमाले ओली समूह प्रतिपक्षमा गइसकेको र सत्तापक्षले अध्यादेश संसद्मा पेश गर्ने भए पनि देउवा सरकारले ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट कार्यन्वयन गर्नेगरी अगाडि बढेको हो ।

अर्थमन्त्री शर्माले आर्थिक स्वेतपत्रसमेत ल्याउने भएका छन् । उनले केही दिनमा स्वेतपत्र जारी गर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर