Aamsanchar

साउन महिनाको पहिलो सोमवार आज, शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून,पशुपति मन्दिर नखुल्ने

Author Image
सोमवार, साउन ४, २०७८

काठमाण्डौ – आज यस वर्षको साउन महिनाको पहिलो सोमवार । हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन् । साउने सोमवारका दिन शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ । साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

साउनको पहिलो सोमवार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरले बन्द मन्दिर साउनमा पनि नखुलेको हो । विज्ञले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरेका छन् । यस्तै, साउन महिना लागेसँगै हरियो, पहेँलो चुरा तथा पोतेको खरिद बिक्री केही बढेको छ ।

अघिल्ला वर्षमा जस्तो कारोबार नभए पनि अहिले काठमाण्डौको इन्द्रचोकका चुरा पोते पसलमा भीड बढेको छ । साउन महिनामा महिलाहरुले हरियो, पहेँलो चुरा पोते लगाउने गरेका छन् । पछिल्लो समय किशोरीहरुले पनि हरियो चुरा लगाउने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर