

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको ३४ सयले बढेर तोलाको २ लाख ९६ हजार १ सयमा कारोबार भइरहेको छ।
यसअघि बिहिबार सुन तोलाको २ लाख ९२ हजार ७ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले बढेर ४९४५ मा कारोबार भइरहेको छ।


Views: 9


