Aamsanchar

खिनमाया खुसी थाम्न नसकेर आज पनि रोईन, समुदायबाट नयाँ घर हस्तान्तरण

Author Image
सोमवार, साउन ४, २०७८

हिजोका दिनमा दुःखी, पिडित खिनमाया रोएको भिडियो हेरेर धेरैजना रोएका थिए, आज खिनमाया फेरी रोईन प्रत्यक्ष हेर्नेहरु हाँसे । किनकी खिनमयाको रुवाई खुशीको थियो ।

झापा अर्जुनधारा–५ की खिनमायाकोमा शुभकार्यमा एकै दिन धेरै मानिसहरु भेला भएको सायदै पहिलो दिन होला । हिजोका दिनमा खिनमायालाई भेट्नेहरुले बिचरा कठैबरा कती दुःखी भनेर सहानुभूती व्यक्त गर्थे, सकैले सकेको केही सहयोग पनि गर्ने गरेका थिए । खिनमायाको घरमा आएर खिनमायाँ संग फोटो खिचाउने उनको घर अवलोकन गर्नेहरु कोही थिएनन् । तर आज घरभरी मान्छे त्यसमा पनि परोपकारी भावना भएकाहरुको उपस्थितीले खिनमाया घरी खुशीले रुन्थिन भने घरी हासेर नाच्ने गर्थिन ।

हिजोका दिनसम्म राम्रो लाउने कुरा त परैजावोस् पेटभरी खान सम्म नपाएर समस्यामा परेकी अतिविपन्न वर्गकी खिनमाया पौडेलको समस्याको बारेमा यस अघि धेरैले थाहाँ पाईसकेको अवस्था छ । आज भने खिनमायाको खुशी र उमंगलाई तपाईहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

यस अघि खिनमायाको कठिन अवस्थालाई आमसंचार डटकमले समुदायमा देखाए पछि समुदायका सहयोगी मनकारीहरुले भौतिक सामग्री तथा नगद उपलब्ध गराएका कारण आज मजबुद, आर्कशर्षण घर निर्माण सम्पन्न गराएर समुदायले आज खिनमायालाई घर हस्तान्तरण गरेको छ ।

खिनमाया घर निर्माण समनवयन समितिका अध्यक्ष ओमप्रकाश लुईटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली सेना श्री नयाँ श्री नाथ गण चारआलीका गणपति अमरजंग थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

घर निर्माणका लागि शेरबहादुर थापा, अर्जुन कडेल, कुलप्रसाद खरेल, सोना गेलाल, उमेश उपरकोटी, रुद्रप्रसाद ढकाल, सुरज काफ्ले, डिके सेल्स एण्ड सर्भिस, हेमन्त चौहान, तेजु भण्डारी, हेल्पिङ हेण्डस् कनकाई फाउण्डेशन, हेल्पिङ हेण्डस् जापान, देवेन्द्र थापा, पदम पौडेल त्यसैगरी जीवन उप्रेती, जीत कार्की, रामप्रसाद श्रेष्ठ, दहिझोडा, नमुना, जुकेखाडी सामुदायिक वन समिति, सञ्जय अग्रवाल, राहुल अग्रवाल, प्रविन अग्रवाल, पुरुषोतम अग्रवाल, अशोक सहेवाला, मुनमुन अग्रवाल लगायतले सहयोग गरेको खिनमाया घर निर्माण समनवयन समितिका सचिव जीवन खतिवडाले बताए ।

कार्यक्रममा दाताहरुलाई फुलगुच्छाले सम्मान गरिएको थियो भने समाचार सम्प्रेक्षण गरेर सहयोग गर्ने आमसंचार डटकमका समाचार प्रमुख विनोद पाण्डे र घर निर्माणमा श्रमदान गराउने नेपाली सेना श्री नयाँ श्री नाथ गण चारआलीका गणपति कार्यक्रमका प्रमुख अतिथि अमरजंग थापालाई कदर पत्र र नेपाली टोपी ओढाएर सम्मान गरिएको थियो । सम्मानितहरुलाई अध्यक्ष लुईटेल, सचिव खतिवडा र खिनमायाले सम्मान गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि थापाले भने ‘म झापामा पहिलो पटक आएको हो म विगत १८ महिना देखि यहाँ रहेको छु । मैले यो सयम सम्म झापालाई बुझदा यहाँको समाज यती धेरै विशिष्ठ, विकसित रहेछ, अरुको दुःख, कष्टमा यती धेरै सहयोग गर्ने समाज रहेछ, मैले व्यक्तिगत रुपमा झापाबाट सिकेर बुझेर यहाँबाट जादाँ दिएर जाने विषय बनेको छ ।’
घर हस्तान्तरण कार्यक्रममा दाताहरु शेरबहादुर थापा, कुलप्रसाद खरेल, मदन बुढाथोकी, हेमराज सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

मन्तव्यको क्रममा समाजसेवी दाता शेरबहादुर थापाले ‘नगर सरकारले यस्ता नागरिकहरको संरक्षण गर्नु पर्ने, प्रधानमन्त्री आवास कार्यक्रमले यस्ता विपन्नहरुलाई समेटनु पर्नेमा आफ्ना आसेपासेहरुलाई मात्र स्थानिय सरकारले सहयोग गर्ने गरेको छ ।’ ‘यस्ता विपन्न परिवारको सहयोगमा सबै लाग्नु पर्ने भएको छ, सरकारको मुख हेर्दा मान्छेको ज्यानै जाने अवस्था आयो, आफूले सधै सकेको सहयोग गर्दै आएको छु । अब पनि यस्ता दिन दुःखीको उद्धारको लागि आफ्नो तर्फबाट सबैठाउँमा सहयोग हुनेछ’ ।

कार्यक्रमा स्वागत कमल पोखरेलले गरेका थिए भने संचालन सचिव जीवन खतिवाडाले गरेका थिए । कार्यक्रमको अनत्यमा सभाध्यक्ष लुईटेलले सबै दाताहरुलाई धन्यवाद दिदै घर निर्माण समिति आजकै दिनबाट भंग भएको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर