Aamsanchar

अर्जुनधारामा बन्ने सहकारीको मस्यौदा हस्तान्तरण, नेपालमै पहिलो (नमुना) हुने दाबी

Author Image
मङ्गलवार, साउन १२, २०७८

अर्जुनधारा । नगरको समृद्धिका लागि सञ्चालनमा आउन लागेको अर्जुनधारा नगर विकास सहकारी संस्थाको विनियम मस्यौदा मंगलबार नगरपालिकामा पेश गरिएको छ ।

कार्य विधि निर्माण भएपछि सहकारीकर्मी रुद्रमणि प्रधानको संयोजकत्वमा गठित विनियम मस्यौदा समितिले उक्त मस्यौदा नगर प्रमुख हरिकुमार राना र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईलाई विनियम मस्यौदा हस्तान्तरण गरेको हो ।

समितिका संयोजक प्रधानले बन्न लागेको सहकारी नेपालमै पहिलो हुने दाबी गर्दै यसका थुप्रै चुनौती पनि रहेको बताए । अन्य सहकारी संस्थाभन्दा भिन्नै हुने बताउँदै उनले नगरमा सहकारी ऐन बनेपछि विनियम मस्यौता तयार पारिएको बताए ।

नगरको कृषक र कृषि क्षेत्रलाई लक्षित गर्दै सञ्चालन गर्न लागिएको सहकारीबाट प्रत्यक्षरुपमा कृषक नै लाभान्वित हुने नगर प्रमुख रानाले बताए । सहकारीको सञ्चालनबाट किसानले उत्पादन गरेको वस्तुको उचित भाउ, बजार कृषकले पाउने बताउँदै छिमेकी बजारसम्म निर्यात गर्न सकिने उनको भनाइ थियो ।

विनियम मस्यौदा नगरको पूँजी भएको उल्लेख गर्दै उनले यस सहकारीले नगरबासीको समृद्धि, सुख शान्ति, अमनचयनमा टेवा पुराउनसक्ने विश्वास व्यक्त गरे ।

कृषिमा औद्योगिक क्रान्ति ल्याउने उद्देश्यले निर्माण गरिएको सहकारीले मुख्यतः कृषि क्षेत्रमा केन्द्रित रही काम गर्ने बताइएको छ । संस्थामा अहिले ५ सयभन्दा बढी साधारण सदस्य रहेका छन् ।

कार्यविधि निर्माण समितिमा पशुपंक्षी विकास शाखाका प्रमुख पदमलाल राई, वाणिज्य संघका अध्यक्ष बसन्त सोमानी, महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाकी प्रबन्धक उमा थापालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर