Aamsanchar

होटलमा राखेको खोपको बारेमा नागरिकद्वारा कडा आलोचना, बिर्तामोड नगरपालिकाले के गर्ला

Author Image
शुक्रवार, साउन १५, २०७८

मेचीनगर  । झापाको विर्तामोडस्थित एउटा होटलमा लुकाई राखेको अवस्थामा कोभिड १९ विरुद्घको भ्याक्सिनसहित विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोडको होटल टाइमलेस मोमेन्ट्समा राखीरहेको भेरोसेल खोपसहित खड्कालाई प्रहरीले पक्राउ गरेको हो । विर्तामोडक्षेत्रमा कोभिड १९ विरुद्घको भ्याक्सिन सर्वसाधारणलाई लगायने कार्यतालिका थियो । तर, सवैले खोप नपाइरहेका बखत नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले होटलमा राखेको एक काटन खोपसहित खड्कालाई रंगेहात समातेर प्रहरीको जिम्मा लगाएका हुन् । पक्राउ परेका खड्का बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन हुन् । उनी पटक पटक यस्तै विवादमा पदैं आउका छन् । उनी पीपीइ सेटदेखि नगरपालिकामा स्वास्थ्य वीमा अन्तर्गत फार्मेसी ठेक्का लगाउने विषयमा समेत मुछिएका थिए ।

खड्काले होटलमा आफ्ना नजिकका मानिसलाई बोलाएर खोप लगाउने गरेको गोप्य सूचना पाएपछि नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले खड्कामाथि निगरानी बढाएका थिए । खोपसहित खड्कालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

पटक पटक कुनै न कुनै कारणले विवादमा आइरहने खड्का पक्राउ परिसकेको र आवश्यक कानुनी कारबाही हुने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनु भएको छ ।   खड्कालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको उहाँको भनाई छ । विर्तामोडको होटलबाट इलाका प्रहरी कार्यालय आरमनीको को १ झ ६१५ नम्बरको प्रहरी भ्यानमा राखेर इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोड पुर्याइएको प्रत्यक्षदर्शीको भनाई छ । कोरोनाविरुद्धको खोप मापदण्ड विपरित आफू निकटलाई दिने गरेको सार्वजनिक भइरहेका बेला खड्का पक्राउ पर्नुले उनीमाथि धेरैले थप शंका गरेका छन् ।

कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण घाममा तातिइरहँदा समेत नपाईरहेका बखत आफू निकट मानिसलाई लगाउनका लागि होटलमा लुकाएर राखेको भन्ने घटनाले सर्वसाधारणहरु आक्रोशित बनेका छन् ।

सञ्चारकर्मी वीरु दर्नालले भोली विर्तामोड नगरपालिका कार्यालय घेराउको तयारी भइरहेको र अहिलेसम्मको खोप विवरण सार्वजनिक गर्न माग गदैं आफ्नो मुहार पुस्तिामा पोस्ट गर्नुभएको छ । उहाँले खोप फ्रिजमा राख्न लगिएको भन्दैं खड्कालाई चोख्याउन खोजिएको भन्दैं विर्तामोडवासीलाई सचेत बन्न समेत आग्रह गर्नुभएको छ ।

विर्तामोडका युवा व्यवसायी तथा झापा गोल्डकपका अध्यक्ष, जेसीज पुर्व अध्यक्ष झापाका अध्यक्ष विनोद वस्नेत घटनामा संलग्नलाई कडा कारवाहीको माग गदैं आफ्नो मुहारपुस्तिकामा लेख्नुहुन्छ —‘विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन ओम खड्काले १ सय डोज खोप लुकाईछिपाई अनियमितता गरी राखेको अवस्थामा फेला पर्नुले खोपको कालोवजारी कसरी भइरहेको छ भन्ने प्रष्ट हुन्छ । फ्रन्टलाइनमा काम गर्ने पेट्रोलियम मजदुरलाई खोप नदिने,तीनपुस्ते विवरण माग्ने, हजारौ वृद्ध वुवाआमालाई तातोघाममा दिनभरी उभ्याएर खोप सकियो भन्दैं फर्काउने तर अनियमित ढंगबाट पहुँचमा बसेकालाई खोप विक्री गर्ने माफिया खड्काकाजी र उनीसँग यस धन्दामा मिलेमतो गर्ने सवैलाई बर्खास्त गरी कडा कारवाही गरियोस । कोभिड शुरु भएदेखि फोकलपर्सनका नाममा खड्काकाजीको व्यापारिक धन्दा मौलाएको र केही कर्मचारीसँग साँठगाँठ गरी राम्रो कमाई गरेको बजारमा प्रश्स्त सुनिन्छ र यसको पनि छानवीन होस ।’

नेपाल रेडक्रस सोसाईटि उपशाखा विर्तामोडका सभापति सजेश शिवाकोटीले विर्तामोड नगरपालिकाले साउन १२ देखि १५ गतेसम्म लगाएको खोपको जानकारी सार्वननिक गर्न माग गर्नुभएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले आफ्नो सामाजिक संजालमा लेखेका छन् । ‘बिर्तामोड सिल गरिएको छ । होटेल कसरी संचालन मा रहयो?सरकारी सम्पती कसरी होटल जस्तो गैरजिम्मेवारी ठाउँमा पुग्यो? जताततै खोपको दुरुपयोग लुटपाट भएको घटना बाहिर आएको बेला यसरी खोप होटल मा भेटिनु को पछाडि नियत के हो? अनुसन्धान गरौं। नियत सफा भए पनि यसरी होटेल मा संबेदनशिल चिज सरकारी कार्यलय भन्दा बाहिर राखिनु लापरबाही हो । गलत भए कार्बाही हुनेछ । गरिने छ ।

यसैगरी सयौं सर्वसाधारणले होटलमा खोप बरामत भएको विषयमा आक्रोस पोखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर