Aamsanchar

शनी चालिसा अनुसार शानिबार के के खरीद–बिक्री गर्नु हुदैन

Author Image
शनिवार, साउन २३, २०७८

शनिदेवलाई न्यायको देवता मानिन्छ अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

शनिदेवलाई खुसी राख्न चाहने व्यक्तिले पनि शनिवारको दिन भोजन गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । केही खानेकुरा यस्ता छन् जसलाई शनि देवताले मन पराउँदैनन् । शनिवारको दिन यी कार्यलाई थाती राखी काम अघी बढाए जीवन भर सुख शन्ति हुनेछ । नत्र हप्ताको सातै दिनभरीमा शनिवारलाई सबैभन्दा रमाइलो अनि आरामदायी दिन मानिन्छ।

शनिवारको दिन ‘शनिदेव’को दिन हो र यो दिनमा कुनै-कुनै निश्चित वस्तुको खरीद-बिक्री गर्नाले त्यस व्यक्तिको जीवन अनि घर-परिवारमा अशुभ हुने शनि चालिसामा उल्लेख गरिएको छ ।

फलाम

शनिवारको दिन फलामको वस्तु दान गर्दा सबैभन्दा शुभ हुन्छ भने त्यहिँ फलामको सामान किन्दा अथवा बेच्दा अशुभ हुने गर्दछ । त्यसैल यस दिनमा झुक्किएर पनि फलामको सामान खरीद बिक्रि गर्नुहुँदैन ।

 तेल

तेल शनिवारको दिनमा शनिको दृष्टिले थुप्रै वस्तुहरूमा प्रभाव परिरहेको हुन्छ । यदि तपाईँ शनिवारको दिन जुनकुनै प्रकारको तेल किन्न अथवा बेच्न जाँदै हुनुहुन्छ भने रोकिहाल्नुस् किनभने यो दिन तेलको व्यापार गर्नाले रोगव्याधले सताउने विश्वास गरिन्छ । तर शनिवारको दिन तेलको दान गर्नु चाहिँ शुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।

नुन

नुन घरको लागि नुन किन्नुपर्यो भने शनिवार बाहेक अन्य कुनै दिनमा किन्नुहोस् । यो दिन नुन किन्दा ऋणले सताउने सम्भावना बढ्दछ । नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।

 कैँची

कैँचीको काम भनेको कि काट्ने हो । त्यसैले शनिवारको दिनमा कैँचीको खरीद गर्दा तपाईँको आत्मिय साथी अथवा परिवारसँगको सम्बन्ध बिग्रने सम्भावना हुन्छ ।

कालो तिल

शनिवारको दिन शनिदेवको पूजा गर्दा कालो तिल चढाउन नबिर्सनुहोला र यो दिन कालो तिल दान गर्नु पनि शुभ मानिन्छ । तर बिर्सिएर पनि शनिवार कालो तिल किन्ने अथवा बेच्ने भूल नगर्नुहोस् । यस्तो गरेमा तपाईँको गर्न लाग्नुभएको कुनै शुभ काममा बाधा(अड्चन आइपर्ने सम्भावना बढ्दछ ।

 कालो रङ्गको जुत्ता

चप्पल कालो रङ्गलाई शनिदेवको प्रतिक मानिन्छ । त्यसैले शनिदेवको पूजा(आराधना गर्दा कालो रङ्गको वस्त्र अथवा कुनै सामान चढाउनु लाभदायी मानिन्छ। तर यो दिन तपाईँको कालो रङ्गको जुत्ता अथवा चप्पल किन्नुभएमा तपाईँले आफूले गरेको कामबाट असफलता मिल्ने विश्वास गरिन्छ।

 विद्यासाधन पढाई

लेखाई सम्बन्धी कुनै सामानहरू जस्तै स् कापी, कलम, पेन, मसी, किताब, झोला, इरेजर, कटर, आदि शनिवारको दिन नकिन्नुहोला र आफ्ना बालबच्चालाई पनि यो दिन कापी(कलम किन्न नलगाउनुहोला । यस्ता सामान किन्ने सबैभन्दा शुभदिन भनेको विहिबारको दिन हो ।

आपँको अचार

आपँको अचार खानबाट बच्नुहोस् । काँचो आँप अमिलो हुन्छ र शनिदेव यस्तो चिजको विरोधी हुन् ।

रातो खुर्सानी

शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

मदिरा

शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन ।

 दुध वा दही

शनिवारको दिन दुध वा दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनुपर्छ ।

काठबाट बनेका सामान

काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ ।

कालो रंगको लुगा 

शनिवारको दिन कालो रंगको लुगा वा जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१