Aamsanchar

दुई झापाली सर्पका नजिकका साथी

Author Image
आइतवार, साउन २४, २०७८

बिर्तामोड ।  झापा अर्जुनधारा–५, चारपानेका श्यामकुमार प्रधान र अर्जुनधारा–११, का विरेन्द्र तिवारी सर्प उद्धार गर्ने व्यक्तिको रुपमा झापामा परिचित बन्दै गएका छन् । प्रधान विगत ४ बर्ष र तिवारी २ बर्ष देखि सर्प समात्ने कार्यमा निरन्तर लागि रहेका छन् । उनिहरुले अहिले सम्म सयौं सर्प समातीसकेका छन् ।

प्राकृतिक स्थल, खोला, खेत जंगल लगायतको स्थानमा रहेको सर्प भने उनिहरु समाउदैनन् । उनिहरु मानव बस्ती, घरहरुमा देखिएका सर्प मात्र समाउने गरेका छन् । सर्प समाउनको लागि जिल्लाको विभिन्न ठाउँबाट फोन आउने वित्तिकै रात साँझ नभनी सर्प समाउन पुग्ने गर्छन ।

मानवको हितमै काम गर्न जुन सर्प बाचेको हुन्छ त्यही सर्र्पलाई मानव–सर्पको दन्द्ध ठानेर मारिने काम भईरहेको छ । त्यस्ता निर्दोष सर्पहरुलाई मर्नबाट बचाउन र मानव सर्प बिचको सकारात्मक सम्बन्ध उजागर गराउन, सर्पको जीवन बचाउने पुण्य र समाजसेवाको काम गर्दै आएको भनेर उनिहरुले गरेको काम प्रति कतिपय सर्वसाधारणहरुले प्रशंषा गर्ने गरेका छन् ।

सर्प संरक्षण गर्ने कामको लागि उनिहरु कुनै निकायबाट परिचालित भएको भने पाईएको छैन । आफ्नै श्रोत साधान प्रयोग गरेर काम गर्दै आएका छन् । जुन काम सरकारी पक्षबाट गरिनु पर्थो, तर गरिएको छैन, यि दुईले स्वतस्फुर्त गरेको कामले सरकारलाई सर्प संरक्षमा ध्यान दिन र योजना बनाउन सुझाव दिईरहेको छ ।
‘सर्प भन्ने वित्तिकै धेरैलाई डर लाग्छ, आफ्नो दुश्मन झै ठानेर सर्प मार्ने गरिएको छ । हाम्रो समाजमा सर्प मार्ने चलन पुरानो हो । अहिले पनि धेरै ठाउँमा सर्प मार्ने काम भई रहेको छ । यस्तो कार्य गरिनु डर र अज्ञान्ताको कारणले हो’ भन्छन सर्प संरक्षक श्याम प्रधान ।

विग्रदो वातावरणलाई जोगाउन सर्पको ठुलो भूमिका रहने गर्छ । सर्प भन्ने वित्तिकै सबै विषालु हुदैनन् ४ प्रतिशत विषालु सर्पले मात्रै मानिस र अन्य जन्तुलाई टोक्ने गर्छन् । त्यसमध्ये पनि ९७ प्रतिशत विषालु सर्पले मात्रै टोक्ने गरेको तथ्यांक रहेको छ ।

सर्पलाई संरक्षण गर्न सकियो भने मानव सभ्यतालाई नै फाइदा पु¥याउँछ । विषालु सर्पहरूको विष एण्टी स्नेक भेनम, मर्फिन भन्दा पनि कारगर पेन किलर, ब्रेस्ट क्यान्सर लगायतको रोगको लागि सञ्जिवनी बुटी जतिकै उपयोगी रहेको विज्ञहरुले तथ्य सार्वजनिक गरेका छन् ।

‘सर्प बसोबास गर्ने क्षेत्रमा २७ प्रतिशतसम्म किराफट्यांग्रा नष्ट गर्ने हुनाले यसले बालिनालीमा किराको प्रकोप कम गर्ने गर्छ, खेतमा मुसा लाग्न दिदैँन, यस कारण सर्प मार्नु पर्यवरण र मानवको लागि अहित हुने छ । त्यसैलै सर्प नमारौं, सर्प हाम्रो सत्रु होईन, बरु हामि चै सर्पको दुस्मन बन्ने हुदाँ सर्पले आफू बाच्नको लागी डस्ने’ गरेको सर्प संरक्षक प्रधानको भनाई छ ।

शनिबार प्रधानको घरमा ५ वटा गोमन एउटा २० फिट लामो बच्चा अजिंगर संरक्षण गरेर राखिएको थियो । शनिबार उक्त सर्प र अजिङ्गरलाई स्थानिय एक जंगलमा लगेर छोडिएको छ ।

भिडियो हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)