Aamsanchar

२१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित

Author Image
मङ्गलवार, साउन २६, २०७८

काठमाडौं –  यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको हो ।

फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सूचना मार्फत जानकारी गराएका छन् । एसियल भलिबल कन्फेडेरेसनले फिलिपिन्स भलिबल फेडेरेसनलाई अक्टोबर अन्तिम साता च्याम्पियनसिप गर्नका लागि सुझाव दिएको पनि चन्दले उल्लेख गरेका छन् । तर सहभागी टिमको कोभिड(१९ को अवस्था हेरेर मात्र यसबारे निर्णय हुने उनले जनाएका छन् ।

नेपालले पनि शुरुमा यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भनिए पनि कोभिडका कारण प्रवेश निषेध रहेकोले नेपाल च्याम्पियनसिप खेल्नबाट बञ्चित भएको थियो । एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले यसअघि नै सार्वजनिक गरेको ड्र अनुसार ८ राष्ट्रले मात्र खेल्ने तय छ । नेपाललाई भने अर्को संस्करणमा सहभागी गराउने एभिसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर