Aamsanchar

नेम्वाङ र अल्मुताइरीकाे विवादबारे चार जनासँग बयान लिने तयारी

Author Image
मङ्गलवार, साउन २६, २०७८

काठमाण्डौ – फुटबल विवादबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानबिन समितिले आजदेखि बयान लिन थाल्ने भएको छ । समितिले आज एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित चार जनासँग बयान लिने तयारी गरेको हो । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको उजुरीमा आधारित रहेर समितिले बयान लिनेछ ।

वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने घोषणा गरेपछि एन्फामा विवाद छ । युवा तथा खेलकुद मन्त्रालयले छानबिन गर्न राखेपलाई निर्देशन दिएको थियो । मन्त्रालयले राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर