Aamsanchar

अर्जेन्टिनाका फरवार्ड मेस्सी पीएसजीमा आउन सहमत

Author Image
मङ्गलवार, साउन २६, २०७८

काठमाण्डौ – अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले दुई वर्षको अनुबन्धमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा आउन सहमत भएका छन् । ६ पटक बालोन डी ओर जितेका मेस्सीले गत हप्ता बार्सिलोना छोडेका थिए र अहिले उनलाई पीएसजीले प्रति वर्ष २५ मिलियन युरो दिने गरी अनुबन्ध गर्न लागेको हो ।

मेस्सीले पीएजसीसँग थप एक वर्ष अनुबन्ध लम्ब्याउन सक्ने विकल्प पनि रहनेछ र थप एक वर्षमा पनि २५ मिलियन युरो नै पाउने बताइएको छ । यसअघि मेस्सी बार्सिलोनामै रहने चर्चा चले पनि क्लबसँग सम्झौता बढाउन मेस्सी असफल भएका थिए ।

मेस्सीले यस समरमा एक नयाँ पाँच वर्षको सम्झौताका लागि हस्ताक्षर गर्दै बार्सिलोनामा आफ्नो २१ वर्षे करिअर लम्ब्याउने तयारी गरेका थिए । तर क्लबले यही बुधवार आर्थिक र संरचनात्मक कठिनाइ देखाउँदै सम्झौता गर्न नसकिने बताएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर