Aamsanchar

चरा अवलोकन गन्तव्य बन्दै सेतीदेवी धार्मीक क्षेत्र

Author Image
बिहिवार, साउन २८, २०७८

इलाम नगरपालिका वडा नं. ६ मा अवस्थित सेतीदेवी क्षेत्र एक धार्मीक पर्यटकियक्षेत्र गन्तव्यस्थलको रुपमा निकै प्रख्यात छ । इलाम चोक बजारबाट करिव ३ कि.मि उत्तर पश्चिममा अवस्थित सेतीदेवी मन्दिर बजारको होहल्लाभन्दा निकै टाढा शान्त ठाँउमा अवस्थित छ र विशेष मंगलबार र शनिबारको दिनमा पुजा गर्न यस मन्दिरमा बर्षेनी सैयौँको संख्यामा भक्तजनहरु विभिन्न जिल्लाबाट देवी पुजाको लागि यस क्षेत्रमा आउने गर्छन् । पुवा खोला नजिक रहेको यस मन्दिर प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ । धार्मिक आस्था लिएर आएका पर्यटकहरु यस क्षेत्रमा आईसकेपछि यहाँको घना बन, मधुर स्वरमा गुन्गुनाईरहने पुवा खोला अनि त्यसमा संगित भर्दिने चराचुरुङ्गीको कोकिल आवाज सुनेर धार्मिक पर्यटकहरु यस क्षेत्रको सुन्दरतामा घन्टौ रमाउने गर्छन् ।

चरा वा पक्षी (एभ्स) जन्तु जगतको एक प्राणी समूह हो । चरा समूहमा पर्ने प्राणीहरूको पहिचान प्राणीको प्वाँख,चोंच र पखेटाबाट गर्न सकिन्छ ।यिनीहरूको डुंगाको आकारको शरिर र पुच्छरले यिनीहरूलाई उड्नमा मद्दत पर्याउँछ। विश्वभरमा चराका धेरै प्रजातिहरू छन् । कतिपय प्रजातिहरू त अझै खोजविनबाटै बञ्चित छन्। नेपालमा ८८६ प्रजातिका चराहरू पाइन्छन् । हरेक चराको आफ्नै आफ्नै विषेशता हुन्छ।

धार्मिक पर्यटकहरुलाई प्रकृतिको सुन्दर दृष्य अनुपम उपहार दिने सेतीदेबी क्षेत्रको प्राकृतिक सौन्दर्यता भने दिनदिनै खच्किदै गईरहेको छ । धार्मिक दृष्टिकोणले मात्र पर्वद्धन गरिदै आएको कारण यस क्षेत्रको प्राकृतिक सम्पदा दिनहु अव्यवस्थित बन्दै गईरहेको हो । अस्तव्यस्त बन्दै गईरहेको सेतीदेवी क्षेत्रको प्राकृतिक सम्पदालाई प्रवद्धन गरि यस क्षेत्रलाई वाईल्ड लाईफ पर्यटकिय क्षेत्रको केन्द्रविन्दु बनाउनको निम्ती यस ठाँउमा लामो समयदेखि काम गर्दै आएको संस्था सेतीदेवी क्षेत्र विकास समितिले तीन बर्षे “सेतीदेवी चरा अवलोकन क्षेत्र निर्माण” परियोजना संचालनमा ल्याएको छ । यस संस्थाका अध्यक्ष चित्रप्रशाद दाहाल बताउछन् । दाहालको अनुसार यस परियोजना आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म संचालनमा आउने र परियोजना अन्र्तगतका कार्यक्रमहरु यस क्षेत्रमा पाईने चराचुरुङ्गीहरुको गणना गरिने, स्थानिय युवालाई बड् वाचिङ्ग गाईडको तालिम प्रदान गरिने, यस क्षेत्रको वनलाई चराचुरुङ्गी मैत्री बनाउन वृक्षारोपण कार्यक्रम संचालन गरिने, स्थानिय बासिन्दाको आर्थिक उन्नतीको निम्ती घरबास कार्यक्रम संचालन गर्ने, चरा संरक्षणको निम्ति वृहत जनचेतनाको कार्यक्रम आयोजना गरिने र यस क्षेत्रमा वाईल्ड लाईफ पर्यटक भित्राउन सेतीदेवी क्षेत्रको वृहत प्रचार–प्रसार गरिने छ ।

परियोजनाको पहिलो आर्थिक वर्ष २०७७/७८ मा सेतीदेवी क्षेत्रमा पाईने चराहरुको गणना र स्थानिय २० जना युवाहरुलाई बड् वाचिङ्ग गाईडको तालिम प्रदान गरिसकेको छ । वर्षको ३ फरक मौसममा संचालन गरिएको यस चरा गणनामा ११५ प्रजातिको चराहरु सेतीदेबी क्षेत्रमा पाईएको छ । अन्वेषक अर्जुन राई र नरेश श्रेष्ठद्धारा बैशाख, भदौ र माघ महिनामा संचालन गरिएको चरा गणना माईभेलीको तल्लो भेग लोवर माईभेली क्षेत्रभित्र पर्छ । सेतीदेवी चरा अवलोकन क्षेत्र परियोजना सम्पन्न हुन अझै २ वर्ष बाँकी रहेपनि चरा प्रेमीहरु भने यस क्षेत्रमा चरा अवलोकनको लागि आउन सक्ने अवस्था निर्माण भईसकेको सेतीदेवी क्षेत्र विकास समिति, संस्थाका अध्यक्ष दाहाल बताउछन् ।

“आ.व.२०७७/७८मा संचालन गरिको चरा गणनाको प्रतिवेदन”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर