Aamsanchar

९.७५ करोड पाउण्डमा लुकाकु पुनः चेल्सीमा अनुबन्ध

Author Image
शुक्रवार, साउन २९, २०७८

स्ट्राइकर रोमेलु लुकाकुलाई इन्टर मिलानबाट क्लब कीर्तिमा ९.७५ करोड पाउण्डमा पुनः चेल्सीमा अनुबन्ध भएका छन्। बेल्जियन खेलाडीले लुकाकुले चेल्सीसँग पाँच वर्षे करार सम्झौता गरेका छन्। यसअघि सन् २०१४ मा लुकाकुलाई चेल्सीले २.८ करोड पाउन्डमा एभर्टनलाई बेचेको थियो । लुकाकु ट्रान्सफरका लागि इतिहासमा नै सबैभन्दा धेरै रकम खर्च गरिएको खेलाडी बनेका छन् । उनका लागि हालसम्म विभिन्न क्लबहरुले २९ करोड पाउन्ड खर्च गरिसकेका छन् ।

बेलायतको इतिहासमा कुनै पनि खेलाडीका लागि सबैभन्दा धेरै रकम खर्च गरिएको शीर्ष ५ सूचीमा दुई नाम लुकाकुको रहेको छ । बेल्जियमका सर्वकालिन गोलकर्ता लुकाकु कुनै पनि इटालियन क्लबले सर्वाधिक रकममा बिक्री गरेको खेलाडी पनि हुन्।लुकाकुले सन् २०१४ मा चेल्सीको सिनियर टोलीबाट मात्र १५ खेल खेल्दै क्लब छाडेका थिए । सन् २०११ मा आन्द्रेलेक्टबाट उनी चेल्सी आएका थिए । सन् २०१४ देखि २०१७ मा एभर्टनबाट खेलेका उनले १ सय ६६ खेलमा ८७ गोल गरे । त्यसपछि दुई सिजन म्यानचेस्टर युनाइटेडमा बिताएका उनले ९६ खेलमा ४२ गोल गरेका थिए ।

सन् २०१९ मा इन्टर मिलान पुगेका लुकाकुले गत सिजन टोलीलाई ११ वर्षपछि लिग जिताएका थिए । उनले लिगमा २४ गोल गरेका थिए । ‘म यहाँ धेरै सिक्नुपर्ने एउटा बालकका रुपमा आएको थिएँ । अहिले म धेरै अनुभव बटुलेर पुनः आएको छु,’ लुकाकुले चेल्सी फर्किएपछि भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर