Aamsanchar

स्पेनिस ला लिगामा भ्यालेन्सियाको विजयी सुरुवात, गेटाफे १–० ले पराजित

Author Image
शनिवार, साउन ३०, २०७८

काठमाण्डौ –स्पेनिस ला लिगामा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा आज बिहान भएको खेलमा गेटाफेलाई १–० ले हराउँदै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो । भ्यालेन्सियाको जितमा कार्लोस सोलेरले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक भयो ।

ह्युगो गुइलामोन रातो कार्ड पाएर बाहिरिएपछि भ्यालेन्सिया सुरुवातदेखि नै १० खेलाडीमा समेटिएको थियो । त्यस्तै खेलको ७६ औं मिनेटमा गेटाफेका इरिक कावाको दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए । ला लिगामा आज चार खेल हुँदैछन् । मलोर्का र रियल बेटिस, क्याडिज र लेभान्टे, एलाभेस र रियल मड्रिड, ओसासुना र इस्पान्योल खेल्दैछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर