Aamsanchar

राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १७ जना खेलाडी

Author Image
आइतवार, साउन ३१, २०७८

काठमाडौं-नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १७ जना खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ४५ जना खेलाडीबाट घटाएर दोस्रो चरणमा २८ खेलाडी राखेको छ ।

पाँचजना नेपाल पुलिसका खेलाडी परीक्षाका कारण सहभागी भएका थिएन् । त्यस्तै, एकजना खेलाडी कोरोना संक्रमणका कारण प्रशिक्षणमा सहभागी भएकी थिएनन् । नेपाली टोलीले एएफसी महिला एसिया कपको छनोटका लागि प्रशिक्षण गरिरहेको छ । छनोटअन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर