Aamsanchar

स्पेनिस ला लिगामा आज दुई खेल हुँदै

Author Image
आइतवार, साउन ३१, २०७८

काठमाण्डौ-स्पेनिस ला लिगामा आज दुई खेल हुँदैछन् । स्टार खेलाडी लियोनल मेस्सी पीएसजी गएपछि बार्सिलोनाले नाउक्याम्पमा पहिलो खेल खेल्न लागेको हो । बार्सा र रियल सोसिडाडबीचको खेल राति पौने १२ बजे हुँदैछ । ला लिगामा आजै सवा नौ बजे सेल्टाभिगो र एथ्लेटिको मड्रिड खेल्दैछन् । स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । रियलले डिपोर्टिभो एलाभेसलाई ४–१ ले हराएको हो । रियलको जितमा करिम बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले एकरएक गोल गरे ।

एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए । गएराति भएका खेलमा क्याडिज र लेभान्टे तथा मलोर्का र रियल बेटिसले एकरएक गोलको बराबरी तथा ओसासुना र इस्पान्योलले गोलरहित बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर