Aamsanchar

‘प्रकाश बचाउ अभियान’मा लायन्स क्लव बिर्तामोड लेडीद्वारा सहयोग

Author Image
मङ्गलवार, भदौ १, २०७८

चारपाने । दुबै घुडाको पाङ्ग्रा र तिघ्राको हड्डी खिईएर दुईबर्ष देखि थलिएका झापा बिर्तामोड नगरपालिका वडा नम्बर–२ चारपानेका ३२ बर्षे युवा प्रकाश शर्माको उपचारको लागि लायन्स क्लव अफ बिर्तामोड लेडीले २१ हजार रुपियाँ सहयोग गरेको छ ।

मंगलबार पिडित शर्माकै घरमा पुगेर क्लवकी अध्यक्ष दुर्गा पाठक थपलिया र संस्थापक अध्यक्ष उर्मिला विमली खरेलले उक्त रकम प्रदान गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा क्लवकी महासचिव इन्दिरा प्रसाई त्यसैगरी लायन्स कर्मीहरु चन्द्रकला चुडाल सिटौला, संगीता चिमरिया, निस्मा अधिकारी, सुनिता प्रसाईं, सुस्मा शिवाकोटी, दीपा प्रसाईं, निरा भट्टराई, कला बस्नेत र सुशिलकुमार शर्मा लगायतको उपस्तिथी रहेको थियो ।

अती विपन्न परिवारका शर्माको अबस्थाबारे समाचार बाहिर आएपछि विभिन्न स्थानबाट पिडित शर्मालाई सहयोग गर्नेको संख्या दैनिक रुपमा बढदै गएको ‘प्रकाश बचाउ अभियान’का सदस्य किरण पौडेलले बताए ।

देश, विदेशबाट सहयोग जुट्ने काम भई रहेको छ । व्यक्तिगत र संस्थागत गरि हाल सम्म करिव ५ लाख रुपियाँ संकलन भई सकेको अभियानकी कोषाध्यक्ष सिखा खड्काले जानकारी दिएकी छन् ।

प्रकाशको उपचारको लागि १२ लाख देखि १५ लाख सम्म खर्च लाग्ने अनुमान गरिएको छ ।

यसरी नै मानव सेवा र समुदाय प्रतिको सद्भाव, स्नेह राख्ने मनकारीहरुबाट सहयोग जुटदै जाने हो भने अबको एक हप्तामा करिव १० लाख रुपियाँ सहयोग रकम जुट्नेमा ‘प्रकाश बचाउ अभियान’ समिति आशावादी रहेको र सकेको सहयोग गरेर प्रकाशको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबै समक्ष अभियानका संयोजक डिल्लीराम सिटौलाले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 335

प्रतिक्रिया (०)