Aamsanchar

टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलिया टिमको घोषणा

Author Image
बिहिवार, भदौ ३, २०७८

काठमाडौं- आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलिया टिमको घोषणा गरिएको छ । यूएई र ओमानमा संयुक्त रूपमा हुने प्रतियोगिताका लागि अष्ट्रेलियाले टिम घोषणा गरेको हो । आरोन फिन्चको कप्तानीमा अष्ट्रेलियाले बिहीबार १५ सदस्यीय टिमको घोषणा गरेको हो । क्रिकेट अष्ट्रेलियाले टिमको उपकप्तानको जिम्मेवारी पाट कमिन्सलाई दिएको छ ।

अष्ट्रेलियाको टिममा तीन वैकल्पिक खेलाडी रहेका छन् । वैकल्पिक खेलाडीमा डानिल साम्स, नाथन एलिस र डेनिल क्रिस्टियन छन् । टी–ट्वान्टी विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ तारिखसम्म हुनेछ ।

यस्तो छ अष्ट्रेलियाको टोली
फिन्च, कमिन्स, एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन, मिचेल मार्श, स्टिभ स्मिथ, एडम जाम्पा, डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर