Aamsanchar

‘सी’ डिभिजन लिग फुटबलको छनोट तालिका सार्वजनिक, उद्घाटनमा सताक्षीधाम र च्याम्पियन ब्वाइज खेल्ने

Author Image
शनिवार, भदौ ५, २०७८

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ  (एन्फा)ले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले हिजो सातदोबाटोमा कार्यक्रम आयोजना गरि खेल तालिका सार्वजनिक गरेको हो । यही भदौ १० गतेदेखि काठमाण्डौ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब खेल्ने छन् । त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ ।

‘सी’ डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । यो लिग आउँदो कात्तिक ८ गतेसम्म चल्ने छ । एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा तीन वटा क्लबलाई समावेश गरिएको छ । प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन् ।

समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण र नक आउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता क्लब ुसीु डिभिजन लिगमा छनोट हुनेछन् । एन्फा लिग संयोजक विज्ञानराज शर्माले छनोटमा क्लबको सहभागिता उल्लेख्य रहेको बताउनुभयो ।

उहाँले अर्को वर्षदेखि पायक पर्ने प्रदेशमा नै छनोट खेल खेलाउने जानकारी दिनुभयो । छनोट प्रतियोगितामा वाग्मती प्रदेशका ६१, प्रदेश १ का सात र अन्य पाँच प्रदेशका दुईरदुई क्लब रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर