Aamsanchar

क्वातिको अर्थ यस्तो

Author Image
आइतवार, भदौ ६, २०७८

यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अंकुरित भएका गेडागुडीबाट बनेको ‘क्वाति’ हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वा’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति“ भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ ।

पानीमा भिजाई राखिएको ९ प्रकारका गेडागुडीहरू (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेडागुडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ । यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।

नेवार समुदायले आज गुंपुन्हि मनाउँछन् । यही गुंपुन्हिको दिन विभिन्न ९ थरी गेडागुडी पकाएर बनाइने क्वाति खाने भएकोले यसलाई क्वाति पुन्हि पनि भनिन्छ। गुंपुन्हि पर्वको नाम यो पर्व पर्ने महिनाको नामसँग पनि जोडिएको छ। नेपाल सम्वतअनुसार यो पर्व गुंला महिनामा पर्न आउँछ। गुंलाको पुन्हि भएकोले यसको नाम गुंपुन्हि भएको भन्ने पनि चलन छ।

क्वाति पकाउने आ–आफ्नै तरिका हुन्छ । भुटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाति तयार पारिन्छ । आजको दिन क्वाति खाएमा पाचनक्रियासँग सम्बन्धित रोगहरू हट्ने जनविश्वास रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई ‘न्वाँगी’ भनिन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१