Aamsanchar

राजा प्रताप मल्लको जुक्ति ‘गाईजात्रा’

Author Image
सोमवार, भदौ ७, २०७८

फायल फोटो : गुगलबाट

हामी नेपाली संस्कार र संस्कृतिमा अत्यन्तै धनी छौँ । हाम्रा ती हरेक चाडपर्व अनि रीतिथितिहरू विविध मौलिक स्वरूपमा हाम्रासामु साक्षी भई बसेका छन् । हाम्रा रीतिरिवाजहरूमा मौलिकता, आत्मीयता तथा अपनत्व भरिएका छन् । जीवजन्तुदेखि माटोसम्म, रुखदेखि पातसम्म अनि काँचो कपासको डोरीदेखि सूर्यसम्म हामीले पूजा–अर्चना गरिआएका छौँ ।

हामीमध्ये धेरैले विद्यार्थी जीवनमा सम्भवतः प्रथम निबन्ध नै गाईबारे लेखेको सक्छौँ । वैदिक सनातन संस्कार मात्र नभई सिन्धुघाँटी सभ्यता र भारत वर्षमा गाईलाई दैनिक जीवनमा धार्मिक, सांस्कृतिक अवसरहरूमा विशेष सम्मान र आस्थाका प्रतिकको रूपमा पुजिन्छ । गाईजात्रा पर्व पनि यस्तै सांस्कृतिक महत्वको एउटा उदाहरण हो ।

यो जात्रा विशेषतः बितेको वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरूका लागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले अत्यन्त महत्व राख्छ । नेपाल भाषामा ‘गाईजात्रा’लाई ‘सापारु’ भनिन्छ । सडकमा गाई, गाईकै भेष अथवा विभिन्न मुखुण्डोसहितका झाँकी लगायत थुप्रै रौनक देखिन्छन् ।

गाईजात्रामा विभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला र प्रहसन समेत गर्छ । मृत्यु भएका आफन्तको सम्झनामा गरिने जात्रामा आत्मसात् गरिएको रमाइलो र हाँसोका माध्यमहरूलाई विचार गर्ने हो भने गाईजात्राले जन्मिएपछि मृत्यु अवश्य हुन्छ र यसलाई जीवनको एउटा अनिवार्य प्रक्रियाका रूपमा लिएर अघि बढ्न मृतकका शोक सन्तप्त परिवारजनलाई आह्वान गरेको भान गराउँछ ।

गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । इतिहासका पन्नाहरूमा लेखिएका र किँवदन्तीरूका अनुसार, यस दिन काठमाडौँ उपत्यकाबासीहरूले यम् अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्छन् ।

विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्ल आफ्ना नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् । धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकी थिइन् । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्थलाई राजाले कैंयनपल्ट बुझाउन खोजे पनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।

राजा प्रताप मल्लले वर्षभरि राज्यमा मृत्यु भएका नागरिकहरूका आफन्तलाई गाईसहित दरबार अगाडिबाट रानीले देख्ने गरी जात्रा निकाल्न आह्वान गरे । दरबार अघिल्तिर प्रदर्शित उक्त नौलो प्रकृतिको प्रदर्शनीले सबैको ध्यान तानेको थियो ।

आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र परेको होइन रहेछ । बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारिक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा विभिन्न ठट्टा, चटक र ब्यङ्गहरू पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले आप्mनो सम्पूर्ण पीडा बिसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन ।

अर्कातर्फ जात्रामा आएका व्यक्तिहरूले अनेक प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी ब्यक्तिहरूको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने शुरूवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिका नकारात्मक पक्षहरूलाई समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो ।

त्यस समयमा समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्गात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा शुरुवात गरिएको यो ब्यङ्गको चलन पुस्तौँपुस्तामा हस्तान्तरण हुँदै आएको छ । आज पनि राजनीतिकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित ब्यक्तिहरूलाई लक्ष्य बनाएर विसंगति, विकृति, कुरीति र आडम्बरलाई छेड हान्ने चलनका रूपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको ब्यङ्गप्रति रीस–इवि वा इख साँध्न पाइँदैन ।

आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरूले मुक्ति पाउने जनविश्वास पनि रहिआएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ । यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ ।

अनि मुखिण्डो र रङ्गीचङ्गी पोशाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजापताकाहरू तथा बितेका आफन्तजनको तस्बिरसहित जात्रामा समावेश हुन्छन् । गाईजात्रा काठमाडाँैको प्रमुख चाड भएता पनि देशका अरु ठाउँ र शहरमा पनि गाईजात्राको मनाइँदै आइएको छ ।

अर्कोतर्फ गाईजात्राले वर्षा अनि चाडपर्वहरू नजिकिँदै गरेको सङ्केत पनि गर्छ । पारिलो घाम, उज्याला दिनहरू, चिसिँदै गरेका बतास अनि खेतको सकिएको रोपाईँ । यसअर्थमा फुर्सदिलो दिनको मुक्तकण्ठले हाँस्ने अवसर पनि हो गाईजात्रा ।

हाँस्य कलाकारहरू आ–आफ्ना प्रहसन, ब्यङ्ग्य र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचारी, सिपाही र चिया पसलेसम्मलाई पेच हान्ने चलन छ । एक किसिमले भोग्दै, देख्दै आएका समाजका विकृति, घटना, परिघटनाको हाँस्यास्पद सारांश हो, गाईजात्रा ।

काठमाडौँ लगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र जमघट रहन्छ । यस्ता गाईजात्रा विशेष कार्यक्रमहरू कतिपय बेला त १५ दिनसम्म चल्छन् । टिभी, रेडियो र पत्रपत्रिकासम्म यसअवधिभर गाईजात्रामय हुने गरेका छन् । खाडीदेखि अमेरिका, यूरोप लगायत जापानसम्म, नेपालीहरू जहाँ–जहाँ छन्, त्यहाँ–त्यहाँ गाईजात्रा विभिन्न स्वरूप र प्रारूपमा मनाइन्छ ।

हिमाल, पहाड, तराईसम्म यो सालको गाईजात्राले हाँसो र खुशीको फोहोरा निकाल्न सकोस् । विकृति र भ्रष्टाचारीको भण्डाफोर होस् भने सदाचारको तारिफ होस् । कोरोना संक्रमणका कारणले यसवर्ष धेरै जनाले अकालमा ज्यान गुमाएका छन् । गाईजात्रामा हाम्रो पात्रो सबै मृतकलाई परमात्मातत्व प्राप्त होस् भन्दै परिवारजनमा धैर्यताको कामना गर्न चाहन्छ ।

अर्कातर्फ प्रियजनको मृत्युपछि निराशा हैन शक्तिका साथ अघि बढ्ने एउटा उर्जा भर्न सकोस् । दिवङ्गतलाई श्रदान्जलि, बाँचेकालाई शक्ति र अघि बढ्न आवश्यक खुशीमन प्रदान गर्न सकोस् । मुखिण्डो र रङ्गीचङ्गी पोशाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजापताकाहरू तथा बितेका आफन्तजनको तस्बिरसहित जात्रामा समावेश हुन्छन् । गाईजात्रा काठमाडाँैको प्रमुख चाड भएता पनि देशका अरु ठाउँ र शहरमा पनि गाईजात्राको मनाइँदै आइएको छ ।

अर्कोतर्फ गाईजात्राले वर्षा अनि चाडपर्वहरू नजिकिँदै गरेको सङ्केत पनि गर्छ । पारिलो घाम, उज्याला दिनहरू, चिसिँदै गरेका बतास अनि खेतको सकिएको रोपाईँ । यसअर्थमा फुर्सदिलो दिनको मुक्तकण्ठले हाँस्ने अवसर पनि हो गाईजात्रा ।

हाँस्य कलाकारहरू आ–आफ्ना प्रहसन, ब्यङ्ग्य र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचारी, सिपाही र चिया पसलेसम्मलाई पेच हान्ने चलन छ । एक किसिमले भोग्दै, देख्दै आएका समाजका विकृति, घटना, परिघटनाको हाँस्यास्पद सारांश हो, गाईजात्रा ।

काठमाडौँ लगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र जमघट रहन्छ । यस्ता गाईजात्रा विशेष कार्यक्रमहरू कतिपय बेला त १५ दिनसम्म चल्छन् । टिभी, रेडियो र पत्रपत्रिकासम्म यसअवधिभर गाईजात्रामय हुने गरेका छन् । खाडीदेखि अमेरिका, यूरोप लगायत जापानसम्म, नेपालीहरू जहाँ–जहाँ छन्, त्यहाँ–त्यहाँ गाईजात्रा विभिन्न स्वरूप र प्रारूपमा मनाइन्छ ।

हिमाल, पहाड, तराईसम्म यो सालको गाईजात्राले हाँसो र खुशीको फोहोरा निकाल्न सकोस् । विकृति र भ्रष्टाचारीको भण्डाफोर होस् भने सदाचारको तारिफ होस् । कोरोना संक्रमणका कारणले यसवर्ष धेरै जनाले अकालमा ज्यान गुमाएका छन् । गाईजात्रामा हाम्रो पात्रो सबै मृतकलाई परमात्मातत्व प्राप्त होस् भन्दै परिवारजनमा धैर्यताको कामना गर्न चाहन्छ ।

अर्कातर्फ प्रियजनको मृत्युपछि निराशा हैन शक्तिका साथ अघि बढ्ने एउटा उर्जा भर्न सकोस् । दिवङ्गतलाई श्रदान्जलि, बाँचेकालाई शक्ति र अघि बढ्न आवश्यक खुशीमन प्रदान गर्न सकोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१