Aamsanchar

नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

Author Image
मङ्गलवार, भदौ ८, २०७८

काठमाण्डौ- त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान गएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान सलाम एयरबाट मस्कट प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ ।

श्रृङ्खलाअघि नेपालले पपुवा न्युगिनीसँग भदौ २० र २३ गते दुई वटा एक दिवसीय खेल्नेछ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर