Aamsanchar

दुवै डाेज खाेप लगाएकी नेपालकी पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण

Author Image
बुधवार, भदौ ९, २०७८

काठमाडौं-सागकी स्वर्णधारी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । नेपालकी पौडीबाज गौरिकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको बताएकी हुन् । कोरोना देखिएसँगै गौरिका १० दिनको आइसोलेसन बसेकी छन् । उनका अनुसार दुवै डोज लगाएपनि कोरोना देखिएको हो । “मैले दुवै डोज खोप लिएकी थिएँ र कुनै लक्षण थिएन । तर, पनि मलाई हालै कोरोना संक्रमण भएको पुष्टि भएको छ । म अहिले सरकारी मापदण्ड अनुसार १० दिनका लागि आइसोलेसनमा छु,” उनले भनेकी छन् । गत महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा गौरिकाले नेपालबाट प्रतिस्पर्धा गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर