Aamsanchar

सन्दीप लामिछानेले नयाँ सिजनको बिग बास लिग होबार्ट हुरिकेन्सबाटै खेल्ने

Author Image
बिहिवार, भदौ १०, २०७८

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् । अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ। होबार्टले पहिलो अन्तराष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरिएको जनाएको छ। सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए।

सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए। त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए। सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर