Aamsanchar

नेपाली स्पिनर अञ्जलीको विश्व कीर्तिमान तोडिन् नेदरल्यान्ड्सकी बलरले

Author Image
शुक्रवार, भदौ ११, २०७८

एजेन्सी – नेदरल्यान्ड्सकी मध्य गतिकी बलर फ्रेडरिक ओवरडाइकले नेपाली स्पिनर अञ्जली चन्दको टि२० आई क्रिकेटको सर्वोत्कृष्ट प्रदर्शनको विश्व कीर्तिमान तोडेकी छिन् । बिहिबार आइसिसी वुमन्स टि२० विश्वकप युरोप रिजन छनोटको खेलमा फ्रान्सविरुद्ध ७ विकेट लिँदै उनले नयाँ इतिहास रचेकी छिन् । फ्रेडरिक टि२० आई क्रिकेट इतिहासमा ७ विकेट लिने पहिलो बलर बनेकी छिन् । यसअघि महिला र पुरुष दुबै टि२० आई इतिहासमा एकै खेलमा सर्वाधिक विकेट ६ थियो ।

फ्रान्सलाई ३३ रनमा अल आउट गर्न २१ वर्षिय फ्रेडरिकले ४ ओभरमा २ मेडन सहित ३ रन खर्चेर ७ विकेट लिएकी छिन् । जुन टि२० आई महिला र पुरुष दुबै क्रिकेटको एकै खेलमा सर्वोत्कृष्ट प्रदर्शन हो । फ्रान्सका पाँच खेलाडीले खाता खोल्न सकेनन् । कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । उक्त लक्ष्य नेदरल्यान्ड्सले ३.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो ।

यसअघि २०१९ डिसेम्बरमा अन्जलीले २.१ ओभरमा एक ह्याट्रिक सहित कुनै रन नदिई ६ विकेट लिएकी थिइन् । पुरुष क्रिकेटको टि२० आईमा उत्कृष्ट प्रदर्शन भारतीय तीव्र गतिका बलर दीपक चाहरको नाममा छ । चाहरले २०१९ बंगलादेशविरुद्ध ३.२ ओभरमा ७ रन खर्चेर ६ विकेट लिएका थिए ।

घरेलु टि२० खेलमा २०१९ मा कोलिन एकरमनले इंग्ल्यान्डको चर्चित टि२० प्रतियोगिता टि२० ब्लास्टमा लिसेस्टरशायरबाट बर्मिंघम बिअर्सविरुद्ध ४ ओभरमा १८ रन खर्चेर ७ विकेट लिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 442

प्रतिक्रिया (०)

सम्बन्धित खबर