Aamsanchar

सप्तकोशीमा पानीको बहावमा उतारचढाव, ब्यारेजका २८ ढोका मात्र खुल्ला

Author Image
मङ्गलवार, भदौ १५, २०७८

सुनसरी – सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ। पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो।

मंगलबार बिहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७४५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। बिहान ६ बजे गरिएको मापनमा दुई लाख ११ हजार २२५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव थियो। पछिल्लो समय वर्षा रोकिए पनि बहाव घटबढ हुने क्रम जारी रहेकाले अहिले ब्यारेजका २८ ढोका खुल्ला गरिएको उनले बताए।

आइतबार साँझ सप्तकोशीमा यस वर्षकै सबैभन्दा बढी पानीको बहाव मापन गरिएको थियो। त्यसबेला बहाव दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेण्ड पुगेकाले ब्यारेजका ३८ ढोका खुल्ला गरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर