Aamsanchar

विद्यार्थी परिषद्ले गर्यो गोरखाका बाढी पहिरो पिडितलाई राहत सहयोग

Author Image
बुधवार, भदौ १६, २०७८


काठमाण्डौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गोरखाका बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । परिषद्ले गोरखाको पालुङटार नगरपालिकाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको हो ।

उक्त स्थानमा एक सय थान सुबिधा सम्पन्न टेन्ट, एक सय थान प्लाष्टिक सिट्स, ६ सय ७० थान स्लिपिङ म्याट्स र एक सय प्याकेज औषधी वितरण गरेको परिषद्ले जनाएको छ ।

उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको थियो । अन्य बाढी पहिरो प्रभावित जिल्ला पनि राहत वितरण गर्ने परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए ।

मंगलबार पालुङटारमा सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय अध्यक्ष डा. गोपिनाथ कंडेल, राष्ट्रिय सह संगठन सचिव रमेश कंडेल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, पालुङटार नगरपालिकाका प्रमुख दीपक बाबु कंडेल, प्रहरी निरीक्षक सोम दास ढकाल लगायत बाढी पहिरोबाट प्रभावित परिवारको उपस्थिति रहेको थियोे ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 383

प्रतिक्रिया (०)

सम्बन्धित खबर