Aamsanchar

प्रदेश १ : एमालेका ८ जना सांसदहरूले रोजे एकीकृत समाजवादी

Author Image
बुधवार, भदौ १६, २०७८

विराटनगर : प्रदेश १ का नेकपा एमालेका ८ जना सांसदहरूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। उनीहरू सनाखतका लागि निर्वाचन कार्यालय पुगेका छन्। अन्‍य दुईजना सांसद पनि दुई जना सांसद आउँदै गरेको बताइएको छ।

विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरूले आजै एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गर्न त्यहाँ पुगेका हुन्। यसरी सनाखत गर्न पुग्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन्। मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राई बाटोमा आउँदै गरेको  नेताहरूले बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर