Aamsanchar

असोज १ गतेदेखि विद्यालय खुल्ने

Author Image
सोमवार, भदौ २१, २०७८

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका पालिकाहरूको बैठकले आउँदो असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

अनलाइन कक्षा प्रभावकारी नभएको अवस्थामा पालिकाहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर निर्णय गरी असोज १ गतेदेखि विद्यालय खोल्ने र त्यसको जानकारी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० लाई दिने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि पालिकाहरूले डीसीसीएमसीसँगको समन्वयमा विद्यालय खोल्न पाउने व्यवस्था रहेकाले आज समन्वयात्मक बैठक बसेको र अब पालिकाहरूले विद्यालय खोल्न पाउने उहाँले बताउनुभयो ।

विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना भएरनभएको अनुमगन गरेर पालना गराउने जिम्मेवारी पालिकाहरूले लिने छन् । बैठकमा विद्यालयहरूले अहिले ४० प्रतिशत विद्यार्थीले मात्र अनलाइन कक्षा लिइरहेको भन्दै विद्यालय खोल्न ढिला गरेमा धेरै विद्यार्थी पढ्नबाट वञ्चित हुने बताएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर