Aamsanchar

शेयर बजार राताम्मे

Author Image
बुधवार, भदौ २३, २०७८

काठमाण्डौ – शेयर बजार आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार ४४ अङ्कले घटेको नेप्से आज ६० दशमलव ०२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ५९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर राताम्मे भएको छ । आज बैंकिङ समूहको शेयर ३२ अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको एक सय ५८, व्यापारको ८२, होटलको ६४, जलविद्युतको ५३, फाइनान्सको ९७ र माइक्रोफाइनान्स समूहको शेयर ६७ अङ्कले घटेको छ ।

साथै उत्पादन समूहको एक सय ८८, अन्यको ६३, जीवन बीमा समूहको चार सय २१ र निर्जीवन बीमा समूहको शेयर तीन सय २८ अङ्कले घटेको छ । आज सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि सानीमा लाइफ इन्स्योरेन्सको शेयर १० प्रतिशतले बढेको छ । आज दुई सय २५ कम्पनीका एक करोड ६१ लाख कित्ता शेयर ६ अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर