Aamsanchar

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

Author Image
सोमवार, भदौ २८, २०७८

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ः३० बजेका लागि बोलाइएको बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओली नजाने भएका छन् । सभामुख सापकोटाले बैठकका लागि पठाएको चिठ्ठी आइतबार नै बालकोट पुगिसकेको छ । ओलीले बैठकमा आफू नजाने बताइसकेको स्रोत बताउँछ । ओलीको सचिवालयका सदस्य रामशरण बजगाईंले भने बैठकमा पार्टीको तर्फबाट प्रतिनिधित्व हुने बताए ।

एमालेले लगातार प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक डाकेका हुन् । बैठकमा संसदमा प्रतिनिधित्व गरेका दललाई बोलाइएको छ । यता, एमाले मुख्य सचेतक विशाल भट्राईले बैठकमा जाने–नजाने टुंगो भइनसकेको बताउँछन् । सिंहदरबारमा त्यसबारेमा छलफल हुन लागेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर