Aamsanchar

चन्द्रगढीमा धुलो पीडित स्थानीय र व्यवसायीद्वारा तीन घण्टा मुख्य सडक बन्द

Author Image
सोमवार, भदौ २८, २०७८

झापा –झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा धुलो पीडित स्थानीय र व्यवसायीले तीन घण्टा मुख्य सडक बन्द गराएका छन्  । निर्माण कम्पनीले समयमा कालोपत्रे सडक नबनाएको भन्दै धुलो पीडित स्थानीय र व्यवसायीले सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म सडक बन्द गराएको स्थानीय व्यवसायी रमेश न्यौपानेले जानकारी दिए ।

धुलो पीडितले मेची राजमार्गको चाराआली–केचना सडक खण्डअन्तर्गत कृषि विकास बैङ्क अगाडीदेखि टे«ड युनियन चोकसम्मको करिब ३ सय मिटर सडक डोरी लगाएर बन्द गराएको थियो । सदरमुकाम जोड्ने मुख्य सडक बन्द हुँदा यातायातका सवारीसाधनलाई गन्तव्यसम्म पुग्न सास्ती झेल्नु परेको थियो ।

धुलो पीडितले मुख्य सडक नै बन्द गराएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सडक खुलाउन सहजीकरण गरेको डिएसपी राकेश थापाले जनाकारी दिए । त्यसपछि घटनास्थलमा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठका रोहबरमा निर्माण कम्पनीका प्रतिनिधि मेघराज भट्टराई र धुलो पीडित स्थानीय बिच एक बुँदे लिखितम् सहमति भएको छ । भोलिदेखि सो सडक खण्डको निर्माण काम सुचारु गर्ने र सहमति अनुसार काम सुचारु नगरे फेरी सडक बन्द गर्ने लिखितम् सहमति पश्चात् सडक खुलाएको स्थानीय नवराज घिमिरेले जानकारी दिए ।

चारआलीदेखि केचनासम्मको ४० किलोमिटर कालोपत्रे सडक निर्माण कार्यअन्तर्गत ० देखि २० किलोमिटर सडक निर्माणको ठेक्का कालिका, कनकाई र याकथुमहाङ जेभीले २०७३ साल असोज १७ गते ३० महिनामा काम सक्ने गरी सम्झौता गरेका हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ । समय अवधि सकिए पनि निर्माण कम्पनीले म्याद थपेर अहिले पनि ठाउँ–ठाउँमा कालोपत्रे बनाउने कार्य गरिरहेका छन् । भद्रपुरको सदरमाथाचोकदेखि संगमचोक, भानुनगर हुँदै गिरी चोक नजिकै सम्मको कालोपत्रे बनाउने काम अझै बाँकी छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 335

प्रतिक्रिया (०)

सम्बन्धित खबर