Aamsanchar

चारवटा नयाँ व्यवसाय थप्ने प्रस्थाव सहित एनएमसीद्धारा प्रतिवेदन सार्वजनिक

Author Image
सोमवार, भदौ २८, २०७८

बिर्तामोड । नेपाल बहुउदेश्यीय सहकारी संस्थाले २९ औं वार्षिक साधारण सभा गर्ने मिति, स्थान र नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

बिर्तामोड स्थित सहकारीको सेवाकेन्द्रमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रमम मार्फत वार्षिक प्रतिवेदन विमोचन गर्दै साधारण सभाको आगामी कार्यक्रमहरु सर्वजनिक गरेको छ ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीपप्रसाद उप्रेती र संचालक सदस्य डम्बरबहादुर बस्नेतले संयुक्त रुपमा प्रतिवेदन पुस्तिका सार्वजनिक गर्दै साधारण सभाको घोषणा गरेका थिए ।
आगामी असोज ३ गते देखि ९ गते सम्म चरणवद्ध सबै सेवाकेन्द्रहरुमा हुने क्षेत्र इकाईगत सासाधरण सभा हुदै प्रतिनिधीमूलक एउटा ईकाईबाट छनौट भएर आउने ३ जना गरि १ सय ३५ जना शेयर सदस्यहरुको सहभागितामा असोज ९ गते मेचीनगर स्थित संस्थाको एकीकृत नमुना कृषि फार्म परियोजना स्थलमा साधारण सभालाई पूर्णता दिने कार्यक्रम तयार पारिएको छ ।

२०५२ सालमा स्थापना भएको नेपाल बहुउदेश्यीय सहकारी स्थापना कालमा साविक काँकडभिट्टा गाउँ विकास समितिको वडा नं. ८ लाई कार्य क्षेत्र तोकेर दैनिक ४० रुपियाँ पारिश्रमिक दिनेगरी एक कर्मचारी र मासिक ५ सय भाडा तिर्ने गरी एक कोठाबाट सुरु भएको सहकारी हाल झापामा ४३ वटा सेवा केन्द्र र जिल्ला बाहिर मोरङ र इलामा एक एक वटा गरेर ४५ वटा सेवाकेन्द्र कार्यालयहरु संचलनमा रहेको छ । २ सय १४ वटा इकाईमा २ सय भन्दा धेरै कर्मचारीहरु कार्यरत रहेका छन् भने १ लाख ४ हजार ७ सय ८७ जना शेयर सदस्यहरु रहेका छन् ।

‘असल संस्कार र समृद्धिकालागि एनएमसी’ भन्ने मूल नाराका साथ अघि बढेको सहकारीले एकीकृत नमुना फार्म, एनएमसी सहकारी पसल, चिया व्यवसाय सहकारीको अवधारणा अनुसार संचलनमा ल्याएको छ । त्यसैगरी नयाँ कार्यक्रमहरुमा एनएमसी एग्रो सपोर्ट बिजनेस, प्याकेजिङ, चामल मिल र एनएमसी तोरीको तेल मिल संचालनमा ल्याउने कार्यक्रम ल्याएको छ ।

संस्थाको आर्थिक बर्ष २०७७/७८ सम्ममा चुक्ता शेयरपुँजी एक अर्ब ११ करोड ६० लाख ६ हजार २ सय रहेको छ भने निक्षेप मौज्दात ८ अर्व ८५ करोड ४२ लाख २३ हजार ४ सय ३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०७७/७८ मा करअघिको नाफा २७ करोड ४० लाख ६९ हजार ५ सय ४८ रुपैयाँ गर्न सफल भएको बताईएको छ ।

आन्तरिक तथा बाह्य लगानी तर्फ बैकिङ व्यवसायमा १ अर्ब, डेरी २० करोड, एकीकृत नमुना कृषि फर्म २५ करोड, सहकारी पसल ३० करोड, चिया प्रशोधन ५ करोड र अन्य वयवसायमा २ करोड लगानी भएको अध्यक्ष उप्रेतीले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१