Aamsanchar

बढ्यो डलरको भाउ

Author Image
मङ्गलवार, भदौ २९, २०७८

काठमाडौं –नेपालमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ । सोमबार खरिददर ११७.३१ र बिक्रीदर ११७.९१ रुपैयाँ तोकिएको थियो । आज अमेरिकी डलरको खरिददर ११७.५८ र बिक्रीदर ११८.१८ रुपैयाँ तोकिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार यूरोपेली मुद्रा यूरोको विनियमदर भने आज पनि छ । नेपाल राष्ट्र बैंकले आजका लागि यूरोको खरिददर १३८.५० र बिक्रीदर १३९.२० रुपैयाँ तोकेको हो ।

बेलायती पाउण्डको खरिददर १६२.६१ र बिक्रीदर १६३.४४ रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८६.४६ र बिक्रीदर ८६.९० रुपैयाँ तोकिएको हो । एसियन मुलुकतर्फ सिंगापुर डलरको खरिददर ८७.५२ र बिक्रीदर ८७.९७ रुपैयाँ तथा १० जापानी येनको खरिददर १०.६८ बिक्रीदर १०.७३ रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा आज नेपालमा यी दुवै मुुद्राको विनिमयदर बढेको हो । 

यस्तै, साउदी अरेबियन रियालको खरिददर ३१.३५ रुपैयाँ तथा बिक्रीदर ३१.५१ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ । यस्तै, कतारी रियालको खरिददर ३२.२९ र बिक्रीदर ३२.४६ रुपैयाँ, संयुक्त अरब इमिरेट्स दिरामको खरिददर ३२.०१ र बिक्रीदर ३२.१७ रुपैयाँ तथा मलेसियन रिंगेटको खरिददर २८.३३ र बिक्रीदर २८.४७ रुपैयाँ तोकिएको छ ।

यसैगरी, १०० कोरियन वनको खरिददर १० रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ, हङकङ डलरको खरिददर १५.११ रुपैयाँ तोकिँदा बिक्रीदर १५.१९ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१