Aamsanchar

को बन्ला च्याम्पियन ? ग्रान्ड फिनाले आज

Author Image
शनिवार, असोज २, २०७८

काठमाडौं – कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले आज हुँदै छ । आज साँझ नियमित सेटमै ग्रान्ड फिनाले हुनेछ । राति ९ बजेबाट कार्यक्रम सुरु हुनेछ  “राति ११ बजेसम्म रिजल्ट सार्वजनिक भइसक्ने छ ।” निर्देशक विशाल भण्डारीले बताएको छन् ।

फाइनलमा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । उनीहरु फाइनलका लागि भोट माग्न होम टाउन पुगेर फर्किसकेका छन् ।

फाइनलका लागि भोट अपिल गर्दै भरतमणिले आफ्नै गाउँ–समाज र त्यहाँको सामाजिक जीवन शैलीप्रति व्यङ्ग्य गरेका थिए । बिक्कीले अघिल्लो श्रृंखलामा आफूले दिएको प्रस्तुतिप्रति निर्णायकको प्रतिक्रिया र प्रतिस्पर्धीसँगको आफ्नो सम्बन्ध तथा आफूले असअघि दिएको चर्चित प्रस्तुतीलाई लिंक गरेका थिए ।

अर्का प्रतिस्पर्धी सन्तोष थापाले भरतमणि र बिक्कीाप्रति दर्शकको लोभलाग्दो क्रेजेको चेपुवामा पर्दाको व्यङ्ग्यात्मक पीडालाई प्रस्तुतिको विषय बनाएका थिए ।

सन्तोषको यो प्रस्तुतिलाई निर्णायकले मन पराएका थिए । आफैंप्रति गरेको व्यङ्ग्यले उनीप्रति दर्शकको सहानुभूति प्रकट हुन सक्छ । जसले गर्दा अघिल्ला श्रृंखलाको अनुपातमा दर्शकको भोट उनलाई बढेको हुन सक्छ । भरतमणिले आफ्नो प्रस्तुतिमार्फत गाउँका लिम्बू समुदायलाई खुसी पार्ने प्रयास गरेका छन् । बाहुन–क्षेत्रीसँग तुलना गर्दै लिम्बू समुदाय दिलदार हुने उनले प्रस्तुतिमार्फत जनाएका थिए । यसलाई भोटका लागि गरेको चलाखी भनेर पनि अर्थ लगाउन सकिन्छ, भलै त्यो सत्य नै किन नहोस् ।

बिक्कीलाई नेपाल र नेपालबाहिरका नेपाली भाषीहरुको राम्रो साथ मिल्न सक्छ । रियालिटी शोहरुमा नेपालबाहिर बस्ने नेपालीभाषीहरुको बाक्लै आगमन हुने गरे पनि फाइनल पुग्ने उनी पहिलो व्यक्ति हुन् । त्यसैले यसको फाइदा उनले उठाउन सक्छन् ।

तर, रियालिटी शोमा प्रतिभाको सधैँ सही मूल्यांकन हुन्छ भन्ने हुँदैन । कारण प्रतिस्पर्धीको प्रतिभासँगै जातीयता, भूगोल र ऊ र उसका आफन्तको आर्थिक अवस्थाले पनि फरक पार्छ । जसका पक्षमा धेरै भोट आउँछ भन्नेभन्दा पनि जसले धेरै भोट गराउन सक्छ उसको पल्ला भारी हुन्छ भन्ने यर्थाथ यस अघिका रियालिटी शोका अनुभवहरुले प्रष्ट पारिसकेका छन् । यही कमेडी च्याम्पियनमै गेष्ट पफर्मरका रुपमा आउने कमेडियनहरुले विजेता र उसले पाउने आकर्षक प्राइज कसरी जितिन्छ भनेर गरेको व्यङ्ग्यले पनि केही संकेत गर्छ । भलै त्यसमा सतप्रतिशत सत्यता नहोला तर प्रस्तुतिले गरेको संकेतलाई नजरअन्दाज गर्न सकिन्न । यही सिजनका फाइनलिष्ट सन्तोषको प्रस्तुतिले पनि भोटको राजनीति छर्लङ्ग पार्छ । (भलै उनले भनेजति नहोला ।)

गत सिजनमा प्रत्यक्ष साथ नदिएका नेताहरुले यो पटक भने खुलेरै साथ दिएका छन् । आ–आफ्ना जिल्लाका नेताहरुले प्रतिस्पर्धीलाई साथ दिएका छन् ।

गोरखाका सन्तोष थापालाई पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईको साथ छ । ताप्लेजुङका भरतमणिलाई पूर्व मन्त्री तथा एमाले नेता योगेश भट्टराईको साथ छ भने सिक्किमका बिक्की अग्रवाललाई मुख्य मन्त्री प्रेम सिंह तामाङको साथ छ । बिक्कीलाई मुख्य मन्त्री तामाङले ६ लाख आईसी दिएर सेमिफाइनल अगाडि नै भोटका लागि सहयोग गरेका थिए । अहिले पनि भोटको क्याम्पेनिङमा उनले सहयोग गरिरहेको कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारी बताउँछन् ।

भरतमणिलाई योगेशले भोटका लागि अपिल नै गरेका छन् । उनले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसकेका छन् । उक्त पुरस्कार कमेडी च्याम्पियनको सेटबाट बाहिर आएपछि हस्तान्तरण गर्ने बताइएको छ ।

“पहिलो सिजनमा पनि प्रतिस्पर्धीलाई नेताहरुले सहयोग नगरेका होइनन् । तर, यो वर्ष नेताहरुले खुलेरै सहयोग गरे,” निर्देशक विशाल भन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर