Aamsanchar

भिडियो छायांकन सेटमै अस्ताए हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसी

Author Image
आइतवार, असोज ३, २०७८

हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए ।

यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अनलाइनखबरसँग भने–‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा रमेशजी मोटरसाइकल नै लिएर सुटिङमा पुग्नुभएको थियो । छायांकन सेटमा पुगेर केही समयपछि उहाँ बेहोस हुनु भयो । बेहोस भए लगतै उहाँलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै उहाँलाई मृत घोषित गरिएको हो ।’

कलाकार रमेश केसीको अन्त्येष्टी पशुपति आर्यघाटमा गरिदैछ । वि।सं २००९ सालमा जन्मिएका रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् । केसीले नाटक ‘अन्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । यसपछि उनले, ‘के सक्कली के नक्कली , यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएन लगायतका नाटकमा अभिनय गरेका थिए ।

यस्तै, उनले ‘जे भो राम्रै भो, रहर, लोभी पापी, चङ्गा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । कलाकार केसीले ‘ हर्के हवल्दार, तितो सत्य, अब अती भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा समेत काम गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर