Aamsanchar

‘छोराछोरीहरुलाई विदेशमा श्रम बेच्न लगाएर आएको रेमिट्यान्सले अन्य देशबाट आयातित अन्न खान पाएकोमा नरमाउ भोली कमाउने व्यक्ती बाकसमा बन्द भएर आए भने के गर्ने ?’

Author Image
सोमवार, असोज ४, २०७८

कार्यक्रममा सहभागी शेयर सदस्यहरु।

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा संचालनमा आएको अर्जुनधारा नगर विकाश बहुउदेश्य सहकारी संस्था लिमिटेडले प्रथम अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम आज शनिश्चरेमा सम्पन्न गरेको छ ।

सहकारी दर्ता भएको १ महिना भएको अवसरमा आयोजना गरेको अन्तक्रियात्मक अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले हिजोका दिनमा जिल्लाबाट कृषि क्षेत्रकालागि दिने अनुदान जमिनदार पहुँचवालाहरुले मात्र लिने गरेकाले साधारण कृषकको जीवन स्तर माथी उठन सकेको थिएन । संघियता आएपछि स्थानिय सरकारबाट स्थानिय कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्तरगत अर्जुनधारा नगर विकास बहुउदेश्य सहकारीबाट नगरवासीले प्रत्यक्ष लाभ लिन सकुन भनेर नगरपालिकाले १ करोड रुपियाँ अनुदान दिएर सहकारी सुरु गरिएको बताए । रानाले भने ‘नगरपालिकाले देखेको सपना नगरवासीको लागि हो, नगरपालिका छ भनेर आफूले केही नगरी कपक्क खान पाईन्छ भन्ने सोच रहेको छ भने त्यो सोच प्रगतिको बाधक हुनेछ, घरमा ३६ ईन्चको टिभीमा हिन्दी धारावाहिक हेरेर आसु पुच्दै र हास्तै, कुनामा बसेर च्याटिङ गरेर समय बिताई रहनु भएको छ, अब त्यो समय श्रममा खर्च गर्न तर्फ सबैले लाग्नु पर्छ’ ‘हामिले क्षेत्र बनाई दिने हो, बाटो देखाई दिने हो, हिडनु तपाई आफैले पर्छ, आज कतिपय छोरा छोरीहरुलाई विदेशमा श्रम बेच्न लगाएर आएको रेमिट्यान्सले विदेशबाट आयातित अन्न, सागसब्जी किनेर खान पाएकोमा रमाई रहेका छन् भोली कमाउने व्यक्ती बाकसमा बन्द भएर आए भने के गर्ने ?’ अहिले देखिनै आत्मनिर्भर बन्न तर्फ सबैले लाग्नु पर्ने सुझाव दिए । मन्तव्यकै क्रममा आज यो सहारीको तदर्थ समिति ईतिहासमा कहिलै नमेटिने संस्थापक समिति हो, उर्जाका साथ काम गर्नुहोस, धेरै भन्दा धेरैलाई लाभान्भित हुने कार्यक्रम ल्याउनु होस्, अनुदानको भरमा मात्र परेर अरु काम गर्न सक्नु भएन भने नगरले दिने अनुदान बन्द पनि हुन सक्छ भन्दै संचालक समितिलाई सचेत गराएका थिए ।

नगरप्रमुख रानाले विज्ञानको नाममा मौलिक वालीहरुलाई विस्थापित गर्नु हुदैन भोली विदेशीले उन्नत जातको विउँ पठाएन भने के हामि भोक्कै मर्ने, विउ अभावको कारण भोकमरी निम्त्याउने काम गर्नु नहुने तर्क राखेका थिए । रानाले स्थानीय तहको संरचना तथा काम, कर्तव्य र अधिकारमा स्थानिय सरकारमा सहकारी संस्थाको अवधारणालाई स्पस्ट गरिएकोे छ सोही अवधारणा अनुसार अर्जुनधाराले सहकारी संचालनमा प्रोत्साहान गरेको बताए ।

प्रमुख अथिति नगर प्रमुख हरिकुमार राना ।

स्थानीय तहको संरचना तथा काम, कर्तव्य र अधिकार
कृषक, कालिगढ, कम पूँजिवाल र निम्न आय भएका श्रमिक, भूमिहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकासको लागि पारस्परिक सहयोग र सहकारीताको लागि संचालन गरिने सहकारी संस्था दर्ता, अनुमति, खारेजी र विघटन पनि अब स्थानीय तहबाटै हुने व्यवस्था संविधानले गरेको छ । यस भन्दा अगाडि रजिस्ट्रारको अधीनमा हुने सम्पूर्ण कार्य अब स्थानीय तहको जिम्मेवारीमा आएको छ ।

स्थापनाको १ महिनामा ५ सय १५ जना शेयर सदस्य रहेको सहकारीमा अर्जुनधारा नगरपालिकामा बसोबास गर्ने नागरिकहरुले मात्र सदस्यता लिन सक्ने प्रावधान बनाईएको छ । अर्जुनधारा–८ मा मुख्य कार्यालय रहेको सहकारीले अर्जुनधारका ११ वटै वडामा सेवा संचालन गर्ने कार्यक्षेत्र रहेको छ भने सहकारीले बहुँ आयामिक कृषि सम्बन्धी काम गर्ने बताईएको छ ।

संस्थाका तदर्थ समिति अध्यक्ष प्रत्युष आजाद रानाको अध्यतामा आयोजित अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा अर्जुनधारा नगरपालिकाका कार्यकारी प्रमुख अम्बिकाप्रसाद चौलागाई, अर्जुनधारा नगरपालिका सहकारी प्रमुख सुमित मगर, कृषि शाखा प्रमुख उर्मिला राजवंशी, कार्यपालिका सदस्यहरु, वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

अर्जुनधारा नगर विकाश बहुउदेश्य सहकारी संस्थाको तदर्थ समिति सदस्यहरुमा देवकुमारी प्रसाईं, रुद्रप्रसाद गिरी, टुमनाथ काफ्ले, पम्फा विश्वकर्मा, वविता लुङगेली, वीरबहादुर राई रहेका छन् । ३ महिना भित्र संस्थाको साधारण गरेर कार्यसमिति चयन गर्ने बताईएको छ ।

कार्यक्रममा पशु सेवा शाखाका प्रमुख पदम राईले अभिमुखीकरणको सहजीकरण, स्वागत देवकुमारी प्रसाईं, कार्यक्रमको संचालन सदस्य रुद्रप्रसाद गिरीले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर