Aamsanchar

जेल परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा जमानतमा छुटे

Author Image
मङ्गलवार, असोज ५, २०७८

पोर्नोग्राफी मामलामा जेल परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा जमानतमा छुटेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार मुम्बई उच्च अदालतले राजलाई ५० हजारको निजी मुचुल्का बनाएर जमानत दिएको हो।

अश्लिल भिडियो बनाएर ओटीटी प्लेटफर्म मार्फत प्रसारण गरेको आरोपमा उनलाई प्रहरीले समातेको थियो। राज जेलमा परेको दुई महिनापछि सोमबार जमानतमा छुटेका हुन्। गएको जुलाईमा समातिएका उनले सेप्टेम्बर १८ मा जमानतको लागि निवेदन दिएका थिए। राजको केस हेरिरहेका वकिल प्रशान्त पटेलले राज निर्दोष रहेको बताउँदै आएका छन्। उनका अनुसार कुन साइटमा कस्ता भिडियो अपलोड गर्ने भनेर कलाकार र निर्माताले निर्णय गर्ने हुन्।

राज र उनका साथी रेयानको यसमा कुनै हात छैन। साथै राजले नै भिडियो अपलोड गरेको कुनै प्रमाण नरहेको पनि उनको दावी गरेका छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 385

प्रतिक्रिया (०)

सम्बन्धित खबर