Aamsanchar

सुनको मूल्य आज

Author Image
बुधवार, असोज ६, २०७८

काठमाडौं – सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । मंगलबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजाबी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य ११ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । असोज लागेपछि पहिलो पटक सुनको बजार मूल्य ९० हजार पुगेको महासंघले जनाएको छ ।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३