Aamsanchar

आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस

Author Image
बिहिवार, असोज ७, २०७८

समाचारको छेउमा, स्वास्थ्य मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरूमा छेउमा बसेर हातको इशाराले सम्झाइरहेका सांकेतिक भाषा दोभाषेहरूलाई सम्झना गरौँ । याद आयो नि ? यिनै सांकेतिक भाषा दोभाषेहरूले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरू समावेशी हुन्छन् । हामी लगायत सुस्तश्रवणहरूले पनि यी कुराहरू सहजै बुझ्न सक्नुहुन्छ । हरेक औपचारिक र अनौपचारिक भिडियो सामाग्रीहरू अनि सार्वजनिक भेला र अपडेट अनि सम्वोधनहरूलाई यसरी सांकेतिक भाषाका दोभाषेहरूको प्रयोग र विज्ञताले सबैका लागि सहज र समावेशी बनाउँछ ।
विश्वभरि ७२ मिलियन अर्थात् ७ करोड २ लाख भन्दा बढी मानिस सुस्त श्रवणशक्ति भएका छन् । यिनीहरूमध्ये ८० प्रतिशतभन्दा बढी मानिसहरू विकासोन्मुख देशहरूमा बस्छन् । समग्रमा भन्दा यी मानिसहरूले ३०० भन्दा बढी प्रकारका सांकेतिक भाषाहरू प्रयोग गर्छन ।

तिनै दोभाषेहरूको संकेतले समाचार बुझ्न धेरैलाई सहयोग गर्छ । आवाज नसुन्नेहरूका लागि आवाजको काम गर्दछ । हरेक वर्ष सेप्टेम्बर २३ तारिखका दिन विश्व सांकेतिक भाषा दिवस मनाइन्छ । सन् २०२१ को सांकेतिक भाषा दिवसको नारा छ। ‘हामी मानव अधिकारका लागि सांकेतिक भाषामा कुरा गर्छौै ’। यस वर्षको सांकेतिक भाषा दिवसको परिवेश अलिक फरक छ । कोरोना र संक्रमण जोखिममा सारा विश्व आफूले पाउने जानकारीमा निर्भर छ । अनि जानकारीका स्रोतहरू सबैका लागि मैत्रीपूर्ण नहुन सक्छन् । कोरोनापछिको विश्वमा यस दिवसले सांकेतिक मात्र नभई अन्य शारीरिक दुर्वलतालाई पनि आवश्यक मैत्रीपूर्ण संरचनाको प्रविधि अनि माध्यमहरूमार्फत्को सेवा, सुविधा र समाचारहरूको पैरवी गर्छ ।

संयुक्त राष्ट्र संघको दीर्घकालीन लक्ष्यका सूचिमा सांकेतिक भाषाको प्रवद्र्धन र प्रयोगलाई पनि निकै महत्वका साथ राखिएको छ । सन् २०१८ मा प्रथम पटक यो दिन मनाइएको हो । कसैलाई पनि पछाडि नछाड्ने उद्देश्यले सबैलाई एकैसाथ विकासको मूलधारमा उभ्याउन यस दिनको निकै ठूलो पैरवी हुने गर्छ । विश्वका हरेक कुना कन्दराका नेतृत्वले स्थानीय, राष्ट्रिय अनि क्षेत्रीय तवरमा सांकेतिक भाषाको प्रयोगलाई समावेश गर्न सकून् भन्ने संकल्पका साथ अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको परिकल्पना गरिएको हो । सन् २०२१ को अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको प्रभाव चौतर्फी रहोस् । यस दिवसको सबैलाई अर्थपूर्ण शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर