Aamsanchar

पहिरो किन जान्छ ?

Author Image
बिहिवार, असोज ७, २०७८

नेपाल एक प्राकिृतिक सम्पदाका दृष्टिले संसारकै धनी देश हो । पहिरो एक भु-आक्रति प्रक्रम हो र अग्ला पहाडमा अघवा कमजोर भई खस्नु र जनघनको क्षति हुनु हो । अथवा कुनै पनि पहाड अग्ला क्षेत्रमा रहेको ससना र ठुला पहाड खस्नु पहिरो हो र प्रबतीय भागमा हुन्न्नछ । हामी बसेको बस्ती वरपर वा बस्तीमा पहिला पहिरो गएको थियो कि थिएन त्यसको आधारमा पनि पहिरोको पूर्वानुमान लगाउन सकिन्छ।

हामीले विशवमा रहेको ठुला पहाडि क्षेत्रको पहाड हेर्ने हो भने (hydration rocks)  अल्प्स ,हिमालय जस्ता बिशाल पहाड छन् र मनसुनको बेला कमजोर भइ पहिरो जानु र साँस्किृतिक भु -दिस्रय बिनाश हुन्छन । माटो चार लियरमा बिभाजित भएर बसेको हुन्छ र अर्थात माथिल्लो होरइज्न पाट मनसुनको बेला भिजेर कमजोर भइ खस्ने गर्छ । नेपालका धेरै बस्ती उच्च स्लोपमा रहेको हुनाले पानी धेरै परेपछि स्लोप फेल भएर पहिरो जाने हुन्छ यस्ले गर्दा खोला नालामा माटोको लेदो लिएर जान्छ र बाढी आउँदा पानी मात्र बग्दैन पानीको साथ साथै माटो, ढुङगा, लेदो पनि बगाएको हुन्छ जसले गर्दा पानीको बाहाब दोब्बर भन्दा बढी हुन जान्छ र नजिकको बस्तीमा बाढिले कटान गरेर क्षति पुराउने गर्छ ।

जमिनको भुस्वरुप परिवतन हुनु र प्राकृतिक रूपमा बग्ने पानीलाई अन्तै लानु । अहिले केन्द्र, प्रदेश र स्थानीय सरकारले गर्ने विकास ग्रामिण सडमा जथाभावी डोजर परिचालन गर्नु र कुनै पनि भुगर्भ ज्ञान नहुनु र त्यसैले गर्दा बिनाश र बिकास उस्तै हुन आउछ । सरकारले भुगर्भबिदको सल्लाह दिएर, जथाभावी सडक निर्माण गर्नु अधि  अध्ययन गराउने हो भने मानवीय र भौतिक क्षती कम गर्न सकिन्छ ।

प्राकिृतिक कारण हेर्ने हो भनि (hydration rocks) अर्थता बढी पानी पर्नु र पानी जमिनले सोस्नु र भित्रगही ढुंगाहरु कमजोर हुनु माटो खस्नु र सायिन केमिकल उत्पादन भइ गुरुत्तो सक्तिले (gravity) ले पहिरो जान्छ । पहाड क्षेत्रमा सडक निर्माण गर्दा स्कुलर रोड (circular road) बनाएर निर्माण गर्नु पर्दा सडक कमजोर भइ मनसुनको बेला पहिरो जानु र बन जंगल कटान हुनु, भित्र जरा कमजोर भइ माटो लुज हुनु र पहिरो जानु एक मुख्य कारण हो ।

विष्फोट गराउँदा भू–बनोट खुकुलो हुने, चर्किने, भित्रभित्रसम्म छिद्रहरु बन्ने र समग्र पहाड नै कमजोर बन्ने हुन सक्छ। जसलाई ‘सेटल्ड’ हुन निकै समय लाग्न सक्छ। ती छिद्र तथा चर्किएका भागमा पानी पसेमा त्यस्ता खण्ड चाँडो भत्किने खतरा हुन्छ।भौर्गभिक हिसाबले नेपाल उत्तरतर्फको तिब्बतियन प्लेट र दक्षिणतर्फको इन्डियन प्लेटको बीचमा अवस्थित क्षेत्र हो। यी दुवै प्लेट निकै चलायमान छन् र भुक्म्पको नि डर हुन्छ र पहाड कमजोर हुन जान्छ।

भूकम्पले कमजोर बनाएको जमिन तथा जोखिम बढि भएको ठाउँमा पहिरो जाने सम्भावना धेरै हुने गर्दछ।

सडकको माथिल्लो भागमा पहरोलाई ‘सपोर्ट’ दिन बनाइने संरचना (पर्खाल) लाई ‘ब्रेस्ट वाल’ भनिन्छ। सडकको माथिपट्टिबाट खस्ने माटो तथा पहिरोलाई खस्न नदिन यस्तो संरचना तयार पारिन्छ र केहि कम क्षती हुनबाट रोक्न सकिन्छ।

अझै पनि हिजोका घटनाबाट पाठ सिकेर जोखिमपूर्ण वस्ती समयमै स्थानान्तर गर्ने हो भने अहिलेको जस्तो विपदबाट हुने मानवीय एवं भौतिक क्षति कम गर्न सकिन्छ।

लेखक भट्टराई भूगर्भ विद्यार्थी हुन् ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1060

प्रतिक्रिया (०)

सम्बन्धित खबर