हाँस्न भुल्दै गएको पुस्ता
एउटा बालक बिहानैबाट स–साना कुरामा हाँस्छ, खित्का छाडेर । उसलाई रुखबाट झरेका पात या बलेसीबाट तप्केका पानीका थोपा सबैले हसाउँछ । सुस्तरी हुर्कदै जाँदा उसको जीवनबाट बालापन अनि त्यो बालकको छवि हराउँछ । ऊ अब हास्न कारण खोज्छ ।
अब उ हाँसोको अर्थशास्त्रको तनावपूर्ण विद्यार्थी हुँदै जान्छ । विद्यालय अनि कलेजका कार्य, कामको तनाव, सम्बन्धको गहिराई अनि जीवनका साध्यहरूले उसको हाँसो शोसेर लाने गर्छन् । हाम्रो बयस्क जीवनको कार्यगत अनि विद्यार्थी पलको अधिकांश हिस्सा काम अनि भागादौडमै बित्छ । चाहे बालक होस् या वृद्ध अनि बयस्क नै किन नहोस्, जीवन सबैका लागि समान नहुन पनि सक्छ ।
तनाव, सीमा, तुलना, संयम अनि हिनतावोध धेरै कुराहरूबीच जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ । हामीले सबै गतिविधिलार्य सन्तुलनमा राखेर अगाडि बढ्नु जरुरी छ । जीवन केवल उपभोगकर्ता र उपलब्धिको धरोहर मात्र हैन । शून्यताबीच रहेको निरपेक्ष हरेक श्वासहरूको माला गाँसेर बनाइएको जीवनको महत्व पनि बुझ्नु जरुरी छ ।
पृष्ठभूमि
विश्व मानसिक स्वास्थ्य दिवस पहिलो पटक अक्टोबर १०, १९९२ मा उपमहासचिव रिचर्ड हन्टरको पहलमा मनाइयो। सन् १९९४ सम्म, यस दिवसको सामान्य प्रवर्द्धन मानसिक स्वास्थ्य वकालत र जनतालाई शिक्षा बाहेक अरू कुनै विशेष विषय थिएन। मानसिक स्वास्थ्यले हाम्रो भावनात्मक, मनोवैज्ञानिक र सामाजिक कल्याण समावेश गर्दछ। यसले हामीले सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने तरिकालाई असर गर्छ। यसले हामीले तनावलाई कसरी ह्यान्डल गर्छौँ, अरूसँग सम्बन्ध राख्छौँ र स्वस्थ छनोट गर्छौँ भनेर निर्धारण गर्न पनि मद्दत गर्छ। बाल्यकालदेखि किशोरावस्थादेखि वयस्कसम्म जीवनको हरेक चरणमा मानसिक स्वास्थ्य महत्त्वपूर्ण हुन्छ र यस्तै कुराहरूको जानकारी र वकालत गर्न विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ ।
विश्व मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर १० मा विश्वभर मानसिक स्वास्थ्यको बारेमा चेतना जगाउन र मानसिक स्वास्थ्य समस्याहरूको सामना गर्नेहरूलाई सहयोग गर्ने प्रयासहरू परिचालन गर्न मनाइन्छ।
सन् २०२४ को नारा
क्ष्तIt is Time to Prioritize Mental Health in the Workplace – कार्य वातावरणमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिऔँ भन्ने अर्थ लाग्दछ ।
बढ्दो आत्महत्या, डिप्रेसन र अन्य मानसिक रोगहरूको बखतमा जिन्दगीलाई माया गर्ने सरलताको आवश्यकता सबैलाई छ । स्मरण रहोस्, हरेक वर्ष करिब ३० करोड मानिसहरू संसारमा डिप्रेसनको सिकार भइरहेका छन् , खुसी अनि सन्तुष्टि का साथ जीवन बाँच्ने आधार नै मानसिकस्वास्थ्यको पहिलो खुड्किलो हो । हामीलाई त्यसै ३० करोड को सुचीमा नाम लेखाउने रहर पक्कै पनि छैन, जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलब्धि हो । परिणाम त केवल उपज हो, प्रयास को । हामी छाया को पछाडि कुद्न बन्द गर्दै जीवनको वास्तविक मूल्यको पछि लाग्न जरुरी छ । हरेक दिन घट्दै गएका यी सीमित जीवनका दिनलाई रमाइलो गरी बिताउने साहस सबैमा होस् ।
मानसिक समस्या भएकाहरूको विशेष रेखदेख र स्वास्थ्य र सामान्य जीवनकालागि पहल गर्नु हाम्रो दायित्व हो, दया होइन माया र स्नेहले भरिएको सामाजिक संरचनाको विकास गरौँ ।