Aamsanchar

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

Author Image
बिहिवार, असोज ७, २०७८

काठमाण्डौ – राष्ट्रिय सभाको आज बिहीवारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित पठाइएको राष्ट्रिय सभाबाट विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८र०७९ को बजेट पारित गरेको छ । बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । बैठकमा सांसद कोमल वलीले प्रतिनिधि सभाका सभामुखले नेकपा एमालेले कारबाही गरेका सांसदमाथि कारबाही नभएसम्म सभाको काम–कारबाही अगाडि बढ्न नसक्ने बताएसँगै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । राष्ट्रिय सभाको अर्को बैठक यही असोज ८ गते बिहान ११ बस्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर