Aamsanchar

एमाले केन्द्रीय कमिटी बैठक आजदेखी सुरु

Author Image
शुक्रवार, असोज ८, २०७८

काठमाण्डौ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदैछ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा सुरु हुने बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले यी विषयहरु पारित गर्ने छ । यसअघि एमालेको स्थायी समिति बैठकमा पेस भएको विधान संशोधन मस्यौदामा ७० वर्षे उमेरहदलाई कायम राख्ने प्रावधानलाई यथावत् राखिएको छ ।

यो मस्यौदा विधान महाधिवेशनबाट अनुमोदन भएमा एमालेका दोस्रो तहका नेताहरुलाई आउँदो मंसिरमा हुने १० औं महाधिवेशन नै नेतृत्वमा पुग्ने अन्तिम अवसर हुनेछ । एमालेको विधान महाधिवेशन आउँदो १५ देखि १७ सम्म काठमाण्डौमा हुँदैछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर