Aamsanchar

लगातार घटेको सुनको भाउ आज बढ्यो

Author Image
शुक्रवार, असोज १५, २०७८

काठमाण्डाै – हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ । केही दिन लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेको छ । अस्ति भन्दा हिजो तोलामा २ सय रुपैयाँ घटेर हिजो सुनको भाउ तोलामा ८८ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर आज तोलाको ११ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३