Aamsanchar

आज पनि घट्यो शेयर बजार

Author Image
सोमवार, असोज १८, २०७८

काठमाण्डौ – हप्ताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । हिजो आइतवार ५५ अङ्कभन्दा धेरैले घटेको नेप्से आज साेमवार ६ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय ७० दशमलव ८१ विन्दुमा पुगेको छ । आज होटल, माइक्रोफाइनान्स, जीवन बीमा र अन्य समूहको शेयर बढे पनि अरू सबै समूहको शेयर घटेको छ । जलविद्युत् समूहको शेयर ६५ अङ्कले, फाइनान्सको ५२, विकास बैंक समूहको ८६ र व्यापार समूहको शेयर २० अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तको शेयर साढे नौ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आशा लघुवित्त, सपोर्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय २७ वटा कम्पनीका ७६ लाख ५३ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १२ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१